
बाणगंगाका युवा कलाकारहरुले बनाए ‘भिखारी’ (सांगितिक भिडियो)

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका केही युवा कलाकारहरुले दुई दशक अघिको नेपाली परिवेश र कथावस्तुसहितको एक सांगितिक भिडियो भिखारी सार्वजनिक गरेका छन् । उनीहरुको भिडियोको छायाङ्कन कपिलवस्तु र अर्घाखाँचीका विभिन्न स्थानमा गरिएको हो ।
वि.सं. २०५८ साल तिरको वातावरण र परिवेशलाई चित्रण गरिएको साङ्गीतिक भिडियो भिखारी अहिले युट्युव च्यानलमार्फत उनीहरुले सार्वजनिक गरेका छन् । उक्त भिडियोको बाणगंगा नगरपालिका वडा नम्बर ९ पडरियाका इशान पौडेलले निर्देशन गरेका छन् भने भिडियोको मुख्य भुमिकामा सोही स्थानका राहुल भण्डारी र ईन्दु पौडेलले चरित्र निभाएका छन् ।
राहुलको अवधारणामा निर्माण गरिएको भिडियो मन्दिप भण्डारीले सम्पादन गरेका हुन। टिकादेवी घिमीरे, आषिश पौडेल, अजय खड्का र शुशील छेत्रीको अभिनयले भिडियोमा अझ सौन्दर्य थपेको छ।
यस भिडियोमा सामाजिक सन्देशका साथै भरपुर मनोरंजनात्मक कुराहरु जोड्ने प्रयत्न गरेको निर्देशक पौडेलले बताए । उनले भनेका छन्, भिडियो धेरै मेहेनतका साथ बनाएका छौँ, पक्कै पनि दर्शकहरुले एकपटक हेरेर आफ्नो प्रतिक्रिया जनाइदिनुभयो भने अझै हौसला मिल्ने थियो । यस भिडियो निर्माण प्रकियामा सहयोग गर्नुहुने सम्पूर्णमा उनले आभारी समेत रहेको बताए ।
मिडिया पाटर्नरको रुपमा साझाकुरा मिडिया ग्रुप रहेको उक्त भिडियोमा कलाकारहरुले नेपाली परिवेशको तत्कालिन समयलाई पारिवारिक एक कथावस्तुका साथ उठाउने प्रयास गरेका छन् । ग्रामिण समुदाएको एक सामान्य परिवार भित्रको कथामा आधारित उक्त भिडियोले सामाजिक कुरिती र त्यसले परिवारिक सम्बन्धमा पार्ने असरलाई समेत प्रष्टसँग देखाएको छ ।
भिडियो हेने तलको लिङ्कमा छुनुहोस् ।
https://www.youtube.com/watch?v=qV2MRNotDSM


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया