

नवलपरासीमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु



नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या सात पुगेकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका मध्यबिन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा ज्यान गएकाे हाे ।
गम्भीर घाइते अर्यालको उपचारका क्रममा चितवनमा रहेकाे पुरानो मेडिकल कलेजमा ज्यान गएकाे नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । योसँगै दुर्घटनामा परि ज्यान जानेको सङ्ख्या सात पुगेको हाे ।
बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ को गोरेघुम्तीमा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा तीन जना महिला र तीन जना पुरुषको घटनास्थलमै ज्यान गएकाे हाे । घटनास्थलमै ज्यान गुमाएका ६ जनामध्ये अहिलेसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो।
दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, त्यही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन । जीप अनियन्त्रित भइ सडक छेउको घरमा ठोक्किएको थियो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया