

कपिलवस्तुमा एकै महिनामा दुई महोत्सव





कपिलवस्तु । कपिलवस्तुमा आउँदो महिना एकैपटक दुई महोत्सव लाग्ने भएका छन् । जिल्लाको बाणगंगा र बुद्धभुमि नगरपालिकामा एकैपटक महोत्सव आयोजना तयारी थालिएको छ ।
मंसिर २१ देखि पुष १ गते सम्म बाणगंगाको बुद्ध रंगशालामा आयोजना हुने १४औँ कपिलवस्तु महोत्सवको तयारी बाणगंगा वेयलफेयर सोसाइटीले गरिरहेको छ । यस्तै उता बुद्धभुमीको गोरुसिँगेमा पनि यसै समयमा महोत्सव आयोजनाको तयारी थालिएको छ । दुई पालिकामा एकैपटक महोत्सव आयोजना हुने भएपछि मनोरञ्जन र व्यवसायका लागि पुग्ने दर्शकहरु भने अन्यौलमा पर्ने देखिएको छ ।
गोरुसिंगेमा कृषि पर्यटन तथा औधोगिक प्रदशनी
होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घले जिल्लाको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा कृषि पर्यटन तथा औधोगिक प्रदशनी २०८० आयोजना गर्दै छ । “देश निर्माणमा व्यापारको आवश्यकता सामाजिक एकता कृषि तथा पर्यटन प्रर्वधन” भन्ने मुल नाराका साथ मंसिर १४ देखि २४ गतेसम्म संचालन हुने मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुनेछ भने स्थानीय व्यवसायलाई विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुने विश्वास गरिएको मेला मुल आयोजक समितिका संयोजक तथा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ घर्तिले बताए । मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्रिया रहने अध्यक्ष घर्तिले बताए ।
मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने छन् । मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन बुद्धभुमि डान्स आइडल, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।
कपिलवस्तु महोत्सवको १४ औँ संस्करण
यता कपिलवस्तु महोत्सवको १४ औँ संस्करण बाणगंगा वेयलफेयर सोसाईटीले आयोजना गर्दै छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा युवा स्वरोजगारको बलियो आधार, उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार प्रवद्र्धनमा प्रोत्सान’ भन्ने मुल नाराका साथ यहि मंसिर २१ गतेदेखि पुस १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव हुने भएको हो ।
मंसिर २१ गतेदेखि पुष १ गते सम्म ११ दिन संचालन हुने गरी महोत्सवको तयारी सुरु गरिएको वेयलफेयर सोसाईटिका अध्यक्ष राज कुमार खाँणले जानकारी दिए । महोत्वसमा यस क्षेत्रका विभिन्न उत्पादनहरुको प्रर्दशनी तथा कृषि र पर्यटनको प्रर्वद्धनका लागि विभिन्न स्टलहरु महोत्सवमा राखिने छ ।
वेयलफेयरका महासचिव दिनेश रोकाले वेयलफेयर सोसाइटीले छैठौँ पटक महोत्सव आयोजना गर्न लागेको भए पनि कपिलवस्तु उद्योग वाणिज्य संघसँगको सहकार्यमा हरेक वर्ष आयोजना हुने महोत्सवकै निरन्तरता रहेको बताए । रोकाहाले यसपटकको महोत्वसबाट संकलित रकमले महोत्सव आयोजना स्थलको संरक्षीकरण गर्ने, लक्ष्मणघाट शवदाह स्थललाई केही व्यवस्थितकरण गर्ने, जिल्लाको व्यवसायिक क्षेत्रलाई सबलीकरण गर्ने र युवा स्वरोजगारका कार्यक्रमहरुलाई प्रर्वद्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजनाको तयारी सुरु गरिएको बताए ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया