

कात्तिक २६ देखि १२औँ कपिलवस्तु डान्स आइडलको अडिसन





कपिलवस्तु । १४औं कपिलवस्तु महोत्सव अन्तर्गत आयोजना हुने १२ औँ कपिलवस्तु डान्स आइडलको तयारी सुरु भएको छ । आइडलको अडिसन कार्तिक २६ गते विहान १०ः०० बजेदेखि हुने भएसँगै तयारी तीव्र भएको हो ।
मंसिर २१ गतेदेखि पुष १ गतेसम्म चारनम्बरको जितपुर बुद्ध रंगशालामा हुने महोत्सवको बिशेष प्रस्तुतिको रुपमा रहेको कपिलवस्तु डान्स आइडलमा सहभागिताका लाग फर्म खुलेको डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीले डान्स आइडललाई विशेष र एतिहासिक बनाउने गरी आफूहरु लागेको शैक्षिक संस्था, डान्स एकेडमी, विभिन्न क्लब लगायत इच्छुकले आयोजक बाणगंगा वेयलफेयर सोसाइटीको कार्यालयमा सम्पर्क गर्न आग्रह गरे । अइडलको अडिसन क्लबको भवनमा हुने आयोजकले जनाएका छन् ।
आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँ, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेत्रीले बताए ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले कला र संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया