

आफ्नै लोगो (चिन्ह) बनाउँदै बाणगंगा, ३२ जनाबाट सर्वाेत्कृष्ट छानिदै





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरको आफ्नै लोगो छनोटका लागि एक समिति गठन गरेको छ । बुधबार बसेको कार्यपालिका बैठकले नगरको आफ्नै लोगो बनाउने यस अघिको निर्णय अनुसार संकलित लोगो छनोटका लागि समिति गठन गर्ने निर्णय गरेको हो ।
नगर प्रवक्ता विष्णुप्रसाद पौडेलका अनुसार उक्त लोगो छनोटका लागि वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीको संयोजकत्वमा ५ सदस्य समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा वडा नं. ६ का वडा अध्यक्ष करुण टण्डन, वडा नं. १० का वडा अध्यक्ष यमप्रसाद पोख्रेल, कार्यापालिका सदस्य शान्ता पाण्डे र नगरपालिका सुचना प्रविधि अधिकारी मिलन पोख्रेल रहहनुभएको छ ।
लोगो छनोट समितिका संयोजक विष्णु गिरीका अनुसार नगरपालिकाले गत असार १५ गते लोगो निर्माणका लागि सार्वजनिक सुचना जारी गरेको थियो । उक्त सुचनाका आधारमा नगरपालिकामा हाल ३२ जनाले आफ्ना विभिन्न कलाकौशलको प्रयोगका साथ डिजाइनहरु पेश गरेका छन् । नगरपालिकाको सामाजिक, आर्थिक, सांस्कृतिक पहिचान झल्किने र नगरको सर्वपक्षीय विषयलाई केन्द्रित गरी बनाइएको, र उत्कृष्ट कौशलता प्रर्दशन गरी अकार्षक रुपमा तयार गरीएको एक उत्कृष्ट लोगोलाई नगरको आफ्नो चिन्हको रुपमा छनोट गरिने संयोजक गिरीले ई–साझाकुरालाई जानकारी दिनुभयो । उहाँका अनुसार कार्यपालिका बैठकबाट गठित छनोट समितिले संकलित लोगोहरु मध्ये उत्कृष्ट पाँच लोगो छनोट गर्ने र ति लोगो बनाउने व्यक्तिहरुलाई नगरपालिकामा व्याख्या विश्लेषणका लागि बोलाइने छ । लोगो बनाउने व्यक्तिहरुको आफ्नो व्याख्या र लोगोको परिचयसहित उत्कृष्ट लोगो बाणगंगा नगरपालिकाको आफ्नो चिन्ह आर्थत लोगोको रुपमा प्रयोगमा आउने गिरीले जानकारी दिनुभयो ।
नगरपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरको थियो । सोही अनुसार विभिन्न ३२ वटा लोगो नगरपालिकामा पेश भएका छन् ।
यसैबीच बुधबार सम्पन्न कार्यपालिका बैठकले छाडा पशुचौपाया नियन्त्रण, व्यवस्थापन तथा पुर्वाधार निर्माण कार्यविधि २०७९’ लाई संशोधनसहित पारित गरेको छ। यस्तै बैठकले पशुपंक्षी तथ्याङ्क संकलन निर्देशिका २०८० लाई स्वीकृत गरेको छ । यस्तै नगर युवा परिषद संचालन कार्यविधि २०८० लाई समेत बैठकले पारित गरेको छ ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया