

कपिलवस्तुको बाणगंगा ९ मा ऐतिहासिक सराँय नाचसहित फुलपाती विसर्जन



राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा विजया दशमीको अवसरमा निकालिने ऐतिहासिक सराय नाच सहित दुर्गा (फुलपाती) विसर्जन गरिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन निकालिने सरायँ नाच यसवर्ष पुर्णिमा दिन चन्द्र ग्रहणको सुतकका कारण एक दिन अगावै निकालिएको हो ।
वडा नम्बर ९ भर्तापुर स्थित दुर्गा भवगती मठबाट निकालिएको सराय नाँचमा यहाँका महिला तथा पुरुष सहित युवा युवतिहरुको समेत उत्साहजनक सहभागिता रहेको थियो । वडा नम्बर ९ मा सबै भन्दा रौनकको सराय नाच हुने स्थलको रुपमा परिचित भर्तापुर दुर्गा भगवती मन्दिरमा गत वर्ष भन्दा उत्साहजनक कार्यक्रम भएको स्थानीय हरिबहादुर खनालले बताउनुभयो ।
पुर्णिमा तिथिको एक दिन अगावै निकालिएको सराय नाचमा स्थानीय संघ संस्था र सरोकारवालाहरुको संयोजन रहेको थियो । वडा भित्र र अन्य वडाका सयौँ नागरिकहरुको उपस्थितिकाबिच सम्पन्न सरायँ नाच पश्चात स्थानीय नदीमा फुलपाति विसर्जन गरिएको छ । फुलपाती विसर्जनका क्रममा समेत सयौँ भक्तजन र नागरिकहरु सहभागि भएका थिए ।
तरबार, खुँडा र अन्य हतियारहरू लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीहरूका प्रतीकहरू आलमलाई समेत लिएर नाच्ने गरिन्छ। तरबार, खुँडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विस्वास रहेको छ। सराय नाच कपिलवस्तुसहित अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठान लगाएतका जिल्लाको मौलिक नाच समेत हो। कपिलवस्तुमा हरेक वर्ष विजया दशमीपछि पुर्णिमा सम्म देवीका मन्दिर तथा शक्ति पीठहरूमा यो नाच नाच्ने गरिन्छ।

देवीले महिषासुर र शुम्भको बध गरेको दिन विजया दशमीको दिनदेखि नाचिने यो नाच खुसियालीमा नाच्न थालिएको बुढापाकाहरू बताउँछन्। सराय नाच हेर्नका विभिन्न स्थानबाट भक्तजनहरू आउने गरेका छन्। हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दिगो शान्ति सुव्यवस्था कायम गर्न सराय नाच नाच्ने गरिएको स्थानीयको भनाइ छ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया