

अर्घाखाँचीको अर्घा भगवती मन्दिरमा धार्मिक पर्यटकको आकर्षण





अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ । बडादशैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाको दिनसम्म देवी भागवत, वेद पाठ पारायण तथा दूर्गा शप्तसती पाठ भइरहेको पण्डित केशवराज आचार्यको भनाइ छ।
दशैँको नवरात्रमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट पूजा गरिने पण्डित आचार्यको भनाइ छ । कोजाग्रत पूर्णिमाको दिन सराये नाच हुने गर्छ। अर्घाको सराये नाच देशभर प्रसिद्ध छ। अहिले यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवतीको मूर्ति प्रतिस्थापन गरिएको छ। अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको छ। मूर्तिमा सेल्फी खिच्ने पनि बढेका छन् ।
मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ । लिच्छवीकालदेखि नै दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आइहेको मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसालको भनाइ छ ।
लुम्बिनीमा आएका पर्यटकहरू तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकहरूलाई सदरमुकाम सन्धिखर्कहुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवतीको मूर्ति स्थापना गरिएको हो। सन्धिखर्क नगरपालिकाका पूर्व मेयर कमलप्रसाद भुसालले मूर्ति स्थापना गर्न पहल गर्नुभएको हो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुँगा र प्युठानको स्वर्गद्वारीमा आएका पर्यटकहरूलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया