

नेपाल र यूएईको फाइनल खेल वर्षाले प्रभावित

७ कात्तिक, काठमाडौं
यू-१९ प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा जारी नेपाल र यूएईबीचको फाइनल खेल प्रभावित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।
२८१ रनको लक्ष्य पछ्याउँदै यूएईले जवाफी ब्याटिङ गर्दा वर्षा भयो । यूएईको इनिङ्सको २ ओभर नसकिंदै पानी परेपछि खेल प्रभावित भयो ।
वर्षा रोकिएपछि केहीबेरमा पुन: खेल सुरु भयो । तर, ११ ओभर सकिंदा खेल फेरि प्रभावित भएको छ । र, वर्षा जारी भएकोले अहिले खेल सुरु हुने कुनै टुंगो छैन ।
खेल प्रभावित हुँदाको अवस्थामा यूएईले ११ ओभरमा दुई विकेट गुमाएर ५० रन बनाएको छ । कप्तान आएन अफ्जल खान र ध्रुव परशर क्रिजमा छन् ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया