

पाकिस्तानलाई हराएपछि लाग्यो, विश्वकप नै जित्यौं : राशिद


काठमाडौं
एकदिवसीय क्रिकेटमा लगातार सात हारपछि अफगानिस्तानले पाकिस्तानलाई हराएको छ, त्यो पनि विश्वकप क्रिकेटमा ।
सोमबार भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले अब्दुल्ला शफीकीको अर्धशतक र कप्तान बाबर आजमको सर्वाधिक ७४ रनको मद्दतमा २८२ रन बनाएको थियो ।
तर अफगानिस्तानका इब्राहिम जादरान र रमानुल्लाह गुर्बाजले पहिलो विकेटका लागि १३० रनको साझेदारी गर्दै जितको आधार तयार पारे, जसलाई रहमत शाह र कप्तान हशमतुल्लाह शाहिदीले सहजै पुरा गरे । प्लेयर अफ दि म्याच इब्राहिमले ८७ रन बनाए ।
अफगानिस्तानका कप्तान शाहिदीले जितको श्रेय टिमलाई दिए । उनले अघि भनेका छन्, ‘हाम्रो बलिङ राम्रो रह्यो, खासगरी स्पीनर नुरले राम्रो बलिङ गरे । ब्याटिङमा गर्बाज र इब्राहिमले सुरुदेखि नै खेललाई आफ्नो पकडमा राखे ।’
पछिल्ला वर्षहरुमा जुन स्तरको क्रिकेट खेलिरहेको छ, त्यसका आधारमा टिममा विश्वास रहेको उनले सुनाए । उनले भने, ‘मैले भनेको थिएँ कि यो प्रतियोगितालाई आफ्नो देशका लागि ऐतिहासिक बनाउन चाहेका छौं । सबैभन्दा पहिला इंग्ल्याण्ड थियो, आज पाकिस्तान र अन्य खेलको पनि प्रतिक्षा गरिरहेको छु ।’
अफगानिस्तानका बलर राशिद खानले भने, ‘यस्तो लायो हामीले वर्ल्डकप जित्यौं । हामीले यसअघि पाकिस्तानसँग सात खेल खेलेका थियौं र कहिल्यै जित्न पाएका थिएनौं । तर हामीमा भरोसा थियो ।’
पाकिस्तानका कप्तान बाबर आजमले स्कोर राम्रो बनाए पनि बलिङ त्यसअनुसार हुन नसकेको बताए । ‘हामीले उनीहरुलाई मिडिल ओभरमा रोक्न सकेनौं,’ उनले भने, ‘हामीले राम्रो क्रिकेट खेल्न सकेनौं । आगामी खेलमा गल्ती सुधार गर्ने कोसिस गर्नेछौं ।’


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया