

दशैंका बेला भलवाडमा दुर्गा मुर्ति स्थापना (फोटोफिचर)





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा विजया दशमीको अवसरमा दुर्गा मुर्तिको स्थापना गरि दुर्गा भगवतिको पुजा आराधना गर्ने गरिएको छ । वडा नम्बर ९ पश्चिम जिनुवा स्थित उक्त मुर्तिको विजया दशमीको सातौँ दिन स्थापना गरिएको हो ।
स्थानीय बाल क्लव र सामुदायिक वनको सहकार्यमा मुर्ति स्थापना गरिएको स्थानीयले बताएका छन् । यहाँ दशैँ अवधिभर दैनिक पुजा आराधना सहित दुर्गा भगवतिको भजन किर्तन समेत हुने गरेको छ ।
विजया दशमीको अवसरमा वडा नम्बर ९ स्थित पश्चिम जिनुवामा हरेक वर्ष दुर्गा मुर्ति स्थाना गर्ने गरिएको छ । कपिलवस्तुका विभिन्न स्थानमा यतिबेला कालिगढहरुले मुर्ति निर्माण गरि बिक्रि वितरण गर्दै आएका छन् । यहाँ स्थापना गरिएको मुर्ति तौलिहवाबाट ल्याइएको हो । यहाँ स्थापना गरिएको दुर्गा मुर्ति दशै पछिको एकादशिका दिन बिसर्जन गरिने तयारी छ ।

विजयादशमीको अवसरमा कपिलवस्तुमा ३ सय २९ ओटा दुर्गा भगवतीको मुर्ति प्रर्दशन गरिएको छ। दुर्गा भगवतीले दानव शुम्भ र निशुम्भलाई मारेको प्रतिकको रुवरुपमा जिल्लाका १० वटै पालिकामा मुर्ति प्रर्दशन गरिएको हो ।
जिल्लामा विजयादशमीको अवसरमा दुर्गा भगवतीको मुर्ति वर्षौदेखि प्रर्दशन गर्ने गरिएको सांस्कृतिक विद पशुपतिमणि त्रिपाठीले बताए। नवरात्रको पहिलो अर्थात् घटस्थापना र सप्तमीका दिन मुर्तिको विशेष पूजापाठ गरी प्रर्दशनका लागि निकालिएको हो। मुर्ति प्रर्दशन गरिए पछि जिल्लाको गाउँदेखि सहरसम्म दसैँको चलहपहल समेत बढेको छ ।
विशेष गरी दिउँसोभन्दा रातिको समय जिल्लामा मुर्तिको दर्शन र पूजा गर्ने चलन छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी बुद्धभुमी नगरपालिकामा ५९, कृष्णनगर नगरपालिकामा ४५, शिवराज नगरपालिकामा ४३, विजयनगर गाउँपालिकामा ४१, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा २६÷२६ ओटा, सुद्धोदन गाउँपालिकामा २४, यशोधरा गाउँपालिकामा २५ र वाणगंगा नगरपालिकामा २२ ओटा मुर्ति प्रर्दशन गरिएको छन् ।
दसैँको समयमा निकालिएको मुर्ति हेर्न भिडभाड हुने र घटना समेत हुन सक्ने भन्दै स्थानीय प्रशासनले आजदेखि ७ गतेसम्म मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।
कृष्णनगर नगरपालिकामा विगतमा मुर्ति बिर्सजनको क्रममा साम्प्रदायिक घटना घटेकाले त्यसलाई दोहोरिन नदिन नगरपालिकाका मेयर रजत प्रताप शाहको नेतृत्वमा स्थानीय स्तरमा समेत समिति गठन गरिएको छ ।
चाडबाडमा हुन सक्ने घटनालाई रोक्न एकीकृत सुरक्षा योजना अनुसार जिल्लाभर ब्यापकहरुपमा सुरक्षकर्मी परिचालन गरिएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए। चाडबाड भरी नागरिकको सुरक्षा र विभिन्न खाले घटनालाई रोक्न जिल्लामा विशेष सुरक्षा योजना सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। निकालिएको झाकी दशमी र एकादशीका दिन बिसर्जन गरिने छ ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया