

दशैंमा क्लवले बनायाे माेतिपुर टाेल बत्तीले झिलिमिली



कपिलवस्तु । वाणगंगा नगरपालिकाको वडा नम्बर ७ मोतिपुर झिलीमिली भएको छ । दशैँ भित्रिएसंगै स्थानीय प्रगतिशिल युवा क्लवले मोतिपुरलाई झिलीमिली बनाएको हो ।
बिभिन्न सामाजिक र मानवीय काम गर्दै छुट्टै पहिचान बनाएको क्लवले यसपटक टोललाई झिलीमिली बनाएपछि स्थानीय पनि खुसी भएका क्लवका अध्यक्ष शंकरप्रसाद न्याैपानेले जानकारी दिए ।
झिलीमिलीसंगै सेल्फी जोन पनि बनाएपछि अहिले फोटो, भिडिओ र टिकटक बनाउनेको भीँड लागेको क्लबका सचिव
असिम भट्टराईले जानकारी दिए ।
क्लवमा लागेका ब्यक्तिहरुको ब्यक्तिगत प्रयास र केहि सहयोग जुटाएर झिलीमिली बनाइको क्लवका अध्यक्ष शंकर नयौपानेले बताए । उनका अनुसार दुर्गामन्दिरदेखि बाटोसम्म करिब अढाइसय मिटरमा बिभिन्न रंगिन लाइट र ध्वजा पताकाले झिलीमिली पारिएको छ ।
वडाका वडा अध्यक्ष विष्णु गिरीले सामाजिक कार्यमा स्थानीय क्लवको प्रयास निकै राम्रो रहको भन्दै धन्यबाद दिए ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया