चाडपर्वमा बाणगंगाका गाउँटोलमा सरसफाई अभियान

कोपवा । चाडपर्व नजिकिदै जादाँ कपिलवस्तुका विभिन्न स्थानमा सरसफाई अभियान संचालन गरिएको छ । यसैक्रममा बुधबार बाणगंगा नगरपालिका वडा नं ५ कोपवामा कोपवा टोल विकास संस्था र शिव मंन्दिर टोल विकास संस्थाको आयोजनामा बजार चोक तथा गाउँघर क्षेत्र को सरसफाई गरिएको छ । सरसफाई अभियानको एक कार्यक्रमको आयोजना गरि सुरुवात गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडा नं ५ का अध्यक्ष दुनिका भुषालले ५ नं वार्डमा पछिल्लो समय विभिन्न ठुला साना आयोजना संचालनमा आएको भन्दै सरसफाई अभियानले गाउँ समाजलाई नै पहिचान दिने भन्दै सवै समुदाय उत्साहका साथ सरसफाईमा जुटेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सोहि क्रममा पुर्व वडा अध्यक्ष भिष्मराज भुषाल, वडा सदस्य ज्ञानु कार्की, ईलाका प्रहरी कार्यालय कोपवाका प्रमुख प्रविण कार्की , नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मोहन बेल्वासे लगाएतले बोल्दै नजिकिदै गरेको चार्डका वेला सरसफाई अभियानले छुटै रौनक दिएको भन्दै अभियान निरन्तरताको साथै विजया दशमी शुभ दिपावलीको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै बिहिबार बाणगंगा ६ मा रहेको जलजला टोल विकास संस्थाले पनी सरसफाई कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको अध्यक्ष टामलाल बेल्वासे ले बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै