

नेपालले बहराइनलाई ७ विकेटले हरायो

काठमाण्डौ । एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले बहराइनलाई हराएको छ । नेपालले बहराइनलाई ७ विकेटले हरायो । बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा ३ विकेट गुमाएर भेटायो । नेपालका कप्तान देव खनाल र अर्जुन कुमालले समान नटआउट ३२ रन बनाए । बलिङतर्फ बहराइनका ओबेद सइदले ३ विकेट लिए ।
यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको बहराइन ३७ ओभर ५ बलमा ७७ रनमा अलआउट भयो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका दिपेश कँडेलले ६ र दुर्गेश गुप्ताले ४ विकेट लिए । दिपेशले ९ ओभर ५ बलमा मात्र ४ रन दिए । यस्तै दुर्गेशले ८ ओभरमा २२ रन दिए ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हराएको थियो । अब नेपालले अन्तिम खेलमा आउँदो बिहीवार साउदी अरेबियासँग खेल्नेछ । यो खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ ।
गएको बिहीवारदेखि शुरु भएको प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोली सहभागी छन् । १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् । भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् ।
समूह ुएु मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यस्तै समूह ुबीु मा यूएई, ओमान, कतार र चीन रहेका छन् । समूह ुसीु मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ुडीु मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया