

रुपन्देहीका मनिक श्रेष्ठको हातमा साइकल प्लाङ्क व्यालेन्सको उपाधी, (फोटो फिचर)

कपिलवस्तु
कपिलवस्तुको बाणगंगामा लायन्स क्लपव अफ कपिलवस्तुले आयोजना गरेको दोस्रो साइकल पलाङ्क व्यालेन्स प्रतियोगिताको उपाधी रुपन्देहीका ११ वर्षीय बालकले जितेका छन् । बुटवल उपमहानगरपालिकाका एभरेष्ट बोडिङ्ग स्कुलका कक्षा ६ मा अध्ययनरत मनिक श्रेष्ठले उपाधी जितेका हुन । श्रेष्ठलाई ५० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । उनले ५२ मिटरको दुरी सबै भन्दा धेरै १ मिनेट ५६ सेकेन्डमा पार गरेका थिए ।
यसै गरी दोस्रो स्थानमा धरानका अनिस तमाङले १ मिनेट २५ सेकेन्डमा पार गरेका थिए । तेस्रौ स्थानमा शुभम भट्टराई र सान्तवना अरुण अर्याल रहेको लायन्स कल्व अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताउनु भयो ।
साहसिक खेलमा १२३ जनाले खेल खेल्न १ सय २३ जनाले दर्ता गरेका थिए ।
एक भारतीय सहित ७४ जना सहभागि भएका थिए । २४ जनाले निर्धारित दुरी पार गरेको खेल संयोजक विष्णु घिमिरेले बताउनु भयो । पानी माथी ट्रयाक निर्माण गरी साइकल चलाएर निश्चित दुरी पार गरी खेलिने खेल गत वर्ष पहिलो पटक नेपालमा संचालन भएको थियो । नौ इन्च चौडाई रहेको ५२ मिटर लामो ट्रयाकमा साइकल चलाएर खेलीएको थियो ।
खेलको उत्कृष्ट खेलाडीको उपाधी भारतका मनिष कुमार बहराइजले हात पारेका थिए ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया