

चेपाङ समुदायमा हस्तकला





कपिलवस्तु । गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं ७ बेलटारका चेपाङ समुदायलाई वडा कार्यालयको समन्वयमा ७ दिने हस्तकला पुनताजती तालिम सम्पन्न गरिएको छ । तारा नमस्ते फाउण्डेसनको सहयोगमा असोज ३ देखि ९ गते सम्म ७ दिने र १ दिने २०८० असोज २० गते तालिम सम्पन्न भएको हो ।
तालिममा १७ जना चेपाङ महिलाहरुको उपस्थिति रहेको थियो भने तालिमको सहजीकरण तारा नमस्ते फाउण्डेसन लिकटेन्स्टायन, स्वीट्जरल्याण्डबाट आउनु भएकी कार्यक्रम ब्यवस्थापक लिलो भेरागुथले गर्नु भएको थियो । तालिमबाट चेपाङ समुदायले हस्तकलाको सिप सिकेको र उक्त सिपले सहि सदुपयोग गरेमा समुदायले आफ्नो परिवारकालागि हस्तकलाका सामग्री आफै बनाउन सक्ने र राम्रो आम्दानीको स्रोत बन्न सक्ने लिलोले बनाउनु भयो ।
यस संस्थाले आयआर्जनका लागी सिप विकासका साथै श्री प्रजाज्योती प्राथमिक विधालयमा ८३ जना बालबालिकालाई विहानको पोषिलो खाना विद्यालयमा दैनिक खुवाउँदै आएको छ । विद्यालयलाई अंग्रेजी शिक्षकको ब्यवस्था गरी शैक्षिक क्षेत्र सुधारकालागी महत्वपुर्ण योगदान गरेको श्री प्रजाज्योती प्राथमिक विधालयकी प्रधानाध्यापक निर्मला अर्याल (रेग्मी) ले बताउनु भयो ।
आगामी दिनमा पनि हस्तकला सम्बन्धि तालिम संचालन गर्ने, स्थानियस्तरमा रहेका र खेर गई रहेका प्राकृतिक स्रोतको प्रयोग गर्ने सिप र जानकारी दिनुपर्ने संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठले बताउनुभयो । चेपाङ समुदायका लागी जिविकोपार्जनका लागि आयआर्जन सम्बन्धि परियोजना चाँडै संचालन गर्ने बारेमा समेत अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भएको थियो । उक्त हस्तकला तालिममा कटनको धागोबाट रुमाल, झोला बनाउन सिकाईएको थियो ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया