

दश जना नेता र ५५ जना व्यापारीले वित्तीय संस्था क्यासीनो बनाए : दुर्गा प्रसाई





कपिलवस्तु । राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान लिएर देश दौडामा रहेका दुर्गा प्रसाईले बैँक, तथा वित्तीय संघसंस्था र सहकारी संस्थाहरु केही मारवाडी, नेता र तस्करको पैसा कमाउने क्यासीनो भएको टिप्पणी गर्नुभएको छ । बिहिबार कपिलवस्तु आउनुभएका नागरिक बचाउ अभियानका प्रमूख प्रसाईले कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तै बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘मैले कुनैपनी सहकारी र लघुबित्तबाट ऋण लिएको छैन तर तपाईँहरुले लिएको ऋण र मैले लिएको ऋण एउटै हो । किनकी बैंक सहकारी बित्तिय संघसंस्था र सहकारी केही मारवाणी,नेता र तस्करको पैसा कमाउने क्यासिनो भएका छन् ।’
उहाँले आफू मिसन २०८४ ,भनेर भोट माग्न र पैसा उठाउन आएको नभई नेपाल भित्र नेपाली खोज्न आएको बताउनुभयो । लघुबित्त र सहकारी पीडितहरुलाई आत्महत्याबाट बचाउन आफू यो अभियान संचालन गरेको प्रसाइको भनाइ थियो ।
बैंक, सहकारी, लघुबित्त र इन्स्योरेन्सहरु १० जना नेता र ५५ जना व्यापारीहरुले चलाएको पनि उहाँले ठोकुवा गर्नुभयो ।उहाँले भन्नुभयो, ‘त्यसैले यो तिनीहरुको पैसा कमाउने बैधानिक क्यासिनो भएको छ र तपाईँहरु गोटि हो ।’
आफ्नो अभियानमा विभिन्न लाल्छना लगाइ मारवाडीलाई गाली गरि साम्प्रदायिकता भडकाएको भनी निराधार समाचार लेख्ने कनमुनी दिक्षित एक कुख्यात अपराधी भएको उहाँले आरोप लगाउनुभयो । आज केही व्यक्तिहरुका कारण प्लस टु भन्दा माथी पढ्ने विद्यार्थीहरु रित्ताएको भन्दै उहाँले जब पढ्ने समय आउँछ, यिनीहरुले गोबिन्द के.सि लाई ल्याएर सुताउने गरेको व्यवसायी प्रसाईँले बताउनुभयो ।
तिहार दशै र छठ सकेर मंशिर ०७ गते काठमाडौमा ऋणबाट मुक्ती दिलाउने व्यवस्था परिवर्तन र हिन्दुराष्ट्र कायम गर्न बृहत निर्णायक आन्दोलन गन समेत उहाँले जानकारी दिनुभयो । त्यसकालागी १०÷१५ किलो चामल र केही खर्छ जुटाएर काठमाडौ आइ सबैले साथ दिन पनि उहाँको आग्रह थियो । यो अभियानले भोलि शुक्रबार रुपन्देहीको देवदहमा आमसभा गर्ने जनाएको छ ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया