

माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु



प्युठान । प्यूठानमा माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको ज्यान गएको छ । जिल्लाको प्युठान नगरपालिका–५ जुम्रीकाँडा बस्ने २७ वर्षीय सोभाराम घर्तीमगरको सोही ठाउँस्थित जुम्रीखोलामा डुबेर सोमबार बेलुकी मृत्यु भएको हो ।
घर नजिकै रहेको उक्त खोलामा जाल हानी माछा मार्ने क्रममा डुबेर अशक्त भएका घर्तीमगरको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मृत अवस्थामा फेला
प्यूठानको प्यूठान नगरपालिका–९ धगे बस्ने ३२ वर्षीय जिवन केसी झिमरुक गाउँपालिका–६ झिमरुक सामुदायिक वन सापलेमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यही असोज १ गते दिउँसो घरबाट निस्केका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको हो ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया