माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु

प्युठान । प्यूठानमा माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको ज्यान गएको छ । जिल्लाको प्युठान नगरपालिका–५ जुम्रीकाँडा बस्ने २७ वर्षीय सोभाराम घर्तीमगरको सोही ठाउँस्थित जुम्रीखोलामा डुबेर सोमबार बेलुकी मृत्यु भएको हो ।

घर नजिकै रहेको उक्त खोलामा जाल हानी माछा मार्ने क्रममा डुबेर अशक्त भएका घर्तीमगरको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

मृत अवस्थामा फेला
प्यूठानको प्यूठान नगरपालिका–९ धगे बस्ने ३२ वर्षीय जिवन केसी झिमरुक गाउँपालिका–६ झिमरुक सामुदायिक वन सापलेमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यही असोज १ गते दिउँसो घरबाट निस्केका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया