मुक्ति समाजको पालिका स्तरीय बैठक सम्पन्न

रामबहादुर गन्धर्व, कपिलवस्तु । नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तुको शिवराज र बुद्धभुमि नगरपालिका स्तरीय बिस्तारीत बैठक सम्पन्न भएको छ।

शनिबार दुबै पालिकामा आयोजित नगरस्तरीय प्रशिक्षण ,वडा भेला , वडा कमिटी बैठक ,सदस्यता बितरण लगाएतका महत्त्वपूर्ण निर्णय गर्नुका साथै बैठकले जिम्मेवारीको समेत बाँडफाँड गरेको छ।

सो अवसरमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज नेत्रराज अधिकारीले दलित समाजमा आबद्वता बढाउनुका साथै एकता बद्व हुनुपर्ने भन्दै संगठन मजबुत बनाउन सबै एक भएर लाग्नुपर्ने बताएका छन् ।

त्यस्तै प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य अर्जुन कुमार के।सी।ले गरिबी ,बिपन्न र सर्वहारा वर्गको पक्षमा उभिन सफल रहेको पार्टी नेकपा एमाले भएको बताउदै उनले देश बिकास (परिवर्तनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

त्यस्तै मुक्ति समाज बुद्वभुमि नगर कमिटीको बिस्तारीत बैठकमा नेपाल उत्पीडित जातीय मुक्ति समाजका स्थायी केन्द्रीय कमिटी सदस्य एवं पार्टीका जिल्ला सचिव चन्द्रबहादुर गहतराजले मुक्ति समाजलाई गोलबद्व भएर मजबुत बनाउनु पर्नेमा जोड दिदै पैरवीका लागि एकजुट हुन आवश्यक रहेको बताए ।

साथै उनले बिबिध सामाजिक बिभेदलाई अन्त्य गर्न सभ्य समाज निर्माणका लागि सबै संगठित हुनुपर्नेमा जोड दिए। बुद्धभुमि नगर इन्चार्ज देवी बेलबासे, एमाले प्रदेश कमिटी सदस्य शारदा शर्मा,जिल्ला सचिवालय सदस्य टीका उपाध्याय ,बिकास आचार्य ,लुम्बिनी प्रदेश कमिटी सदस्य लालबहादुर सुनार,सुमित्रा परियार ,नगरर कमिटी अध्यक्ष ध्रुव बेलबासे ,पार्टीका पुर्व पदाधिकारी लगायतको विशेष उपस्थिति रहेको कार्यक्रम जनक परियारको अध्यक्ष ता,सुन्दरी बि।क।स्वागत र बसन्ता बि।क।को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै