

सन्धिखर्क नगरपालिकाले जोड्यो ६४ थान सीसी क्यामेरा


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर भित्रका ६४ स्थानमा सिसी क्यामेरा जडान गरेको छ । नगरपालिकाको कार्यालय वरिपरि, १२ वटै वडा कार्यालय, सन्धिखर्क र चुत्राबेसी बजारका मुख्य मुख्य चोक तथा गल्लीका साथै धार्मिक तथा पर्यटकीय स्थलमा सीसी क्यामेरा जडान गरेको नगरपालिकाका रोजगार शाखा संयोजक हिरामणी पराजुलीले बताए ।
नगरका विभिन्न स्थानमा हुने चोरी, डकैती, घटना, दुर्घटनामा कमी गर्न तथा घटना भैहालेमा जानकारी लिन तथा नगर र वडा कार्यालयमा सुशासन कायम गर्न सहजताका लागि नगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
बजारका मुख्य चोक, गल्ली, सुरक्षा संवेदनशील क्षेत्र, सबै वडा कार्यालयका साथै धार्मिक तथा पर्यटकीय स्थलहरू सुपा देउराली मन्दिर,अर्घा भगवती मन्दिर, सिद्धेश्वर शिवालय र मथुराधाममा पनि क्यामेरा जडान गरिएको नगरपालिकाका सुचना प्रविधि अधिकृत विशाल महतले बताए ।
सीसी क्यामेरा जडानपछि चोरी, डकैती तथा अन्य अपराधिक क्रियाकलापका झण्डै एक दर्जन घटना पत्ता लागेका छन्। विभिन्न स्थानमा बुलेट क्यामेरा ४९ वटा, अटोमेटिक नम्वर पिलेट रिडर क्यामेरा ६ वटा, पिटिजेट क्यामेरा १० वटा जडान गरिएको छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया