

लोकसंस्कृति हराउँदै गएकोमा चिन्ता



राष्ट्रिय लोकसांस्कृतिक सङ्घले स्कुल स्कुलमा पुगेर लोकसङ्गीतको स्थान र महत्वको विषयमा विद्यार्थीलाई प्रशिक्षण दिन थालेको छ। बालबालिकालाई नेपालका लोकलय तथा ठेट भाषाको बारेमा बुझाउनका लागि यस्तो अभियान थालेको हो।
राष्ट्रिय लोकसांस्कृतिक सङ्घका उपाध्यक्ष तथा सङ्गीतकार दीपक शर्माले लोकलय तथा ठेट भाषा संरक्षणका लागि राज्यले कुनै पहल नगरेपछि आफूहरूले यस्तो अभियान थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले हरेक बालबालिकाले नेपालीभन्दा विदेशी गीतहरू गुनगुनाउँछन्। नेपाली गीतसङ्गीत तथा संस्कृति नै लोप हुने अवस्था आएको हुनाले स्कुल स्कुलमा लोकसङ्गीत स्थान र महत्वको विषयको प्रशिक्षणको कार्यक्रम राख्नु परेको हो।” यदि यसको संरक्षणमा कोही नजुट्ने हो भने नेपालीको पहिचान नै हराउने उहाँको चिन्ता छ।
त्यस्तै राष्ट्रिय लोकसांस्कृतिक सङ्घका महासचिव योगेन्द्र उपाध्यायले पनि पछिल्लो पुस्ताले नेपाली लोकसंस्कृति र भेषभूषा नै बिर्सन लागेको भन्दै संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभयो। गायक तथा सङ्गीतकार नरहरि प्रेमीले नेपाली लोकसंस्कृति पछिल्ला समय सबैले बिर्सन लागेको भन्दै यसलाई जोगाउन पछिल्लो पुस्ता लाग्नुपर्ने बताउनुभयो।
चलचित्र निर्देशक तथा राष्ट्रिय लोक तथा सांस्कृतिक सङ्घका सल्लाहकार माधवराज खरेलले पछिल्लो समय नेपाली भाषा नै भुल्न थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले हरेकको मुखमा नेपाली शब्दभन्दा पनि अङ्ग्रेजी शब्दले डेरा जमाएको छ। अहिले कसैको फोन नम्बर सोध्नुपर्यो भने नेपालीमा नबुझेर अङ्ग्रेजीमा भन्नु परेको छ। यसले नेपाली भाषा र लोकलय संस्कृति हराउँदै गएकोमा हामीले संरक्षण गर्नु पर्ने जरुरी देखिएको छ।”


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया