

लोकसंस्कृति हराउँदै गएकोमा चिन्ता


राष्ट्रिय लोकसांस्कृतिक सङ्घले स्कुल स्कुलमा पुगेर लोकसङ्गीतको स्थान र महत्वको विषयमा विद्यार्थीलाई प्रशिक्षण दिन थालेको छ। बालबालिकालाई नेपालका लोकलय तथा ठेट भाषाको बारेमा बुझाउनका लागि यस्तो अभियान थालेको हो।
राष्ट्रिय लोकसांस्कृतिक सङ्घका उपाध्यक्ष तथा सङ्गीतकार दीपक शर्माले लोकलय तथा ठेट भाषा संरक्षणका लागि राज्यले कुनै पहल नगरेपछि आफूहरूले यस्तो अभियान थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले हरेक बालबालिकाले नेपालीभन्दा विदेशी गीतहरू गुनगुनाउँछन्। नेपाली गीतसङ्गीत तथा संस्कृति नै लोप हुने अवस्था आएको हुनाले स्कुल स्कुलमा लोकसङ्गीत स्थान र महत्वको विषयको प्रशिक्षणको कार्यक्रम राख्नु परेको हो।” यदि यसको संरक्षणमा कोही नजुट्ने हो भने नेपालीको पहिचान नै हराउने उहाँको चिन्ता छ।
त्यस्तै राष्ट्रिय लोकसांस्कृतिक सङ्घका महासचिव योगेन्द्र उपाध्यायले पनि पछिल्लो पुस्ताले नेपाली लोकसंस्कृति र भेषभूषा नै बिर्सन लागेको भन्दै संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभयो। गायक तथा सङ्गीतकार नरहरि प्रेमीले नेपाली लोकसंस्कृति पछिल्ला समय सबैले बिर्सन लागेको भन्दै यसलाई जोगाउन पछिल्लो पुस्ता लाग्नुपर्ने बताउनुभयो।
चलचित्र निर्देशक तथा राष्ट्रिय लोक तथा सांस्कृतिक सङ्घका सल्लाहकार माधवराज खरेलले पछिल्लो समय नेपाली भाषा नै भुल्न थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले हरेकको मुखमा नेपाली शब्दभन्दा पनि अङ्ग्रेजी शब्दले डेरा जमाएको छ। अहिले कसैको फोन नम्बर सोध्नुपर्यो भने नेपालीमा नबुझेर अङ्ग्रेजीमा भन्नु परेको छ। यसले नेपाली भाषा र लोकलय संस्कृति हराउँदै गएकोमा हामीले संरक्षण गर्नु पर्ने जरुरी देखिएको छ।”


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया