जन्मदिनमा लायन्स कपिलवस्तुले दियो विद्यार्थीहरुलाई छात्रवृत्ति

कपिलवस्तु :

लायन्स क्लव अफ कपिलवस्तुका वर्ष २०२२/२३ (पुर्व) अध्यक्ष रामशुभागे थारुले आफ्नो जन्मदिनको अबसरमा विद्यार्थीहरुमा छात्रवृत्ति प्रदान गरिएको छ भने कक्षा ८ मा पढ्ने छात्र महेश चौधरी लाई एक वर्ष बाराबरको शैक्षिक शुल्कको जिम्मा लिएका छन् भने अन्य पाच जानलाई विधालयको सिफारिसमा कम्प्युटरको बेसिक तथा एडभान्स तालिम समेत निशुल्क प्रदान गर्ने भएका छन् ।

आफ्नो जन्मदिनको अबसरमा थारुले वाणगंगा ४ मा रहेको वाणगंगा माध्यमिक विद्यालयमा शिद्धिपुरमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

होटलमा विभिन्न साथिहरु सँग जम्कभेट गरेर फजुल खर्चका साट्टा विद्यार्थीलाई हौँसला दिने काम गरे उनिहरुको अध्ययनमा थप सहज हुने बताएका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२३/२४ का अध्यक्ष ओम प्रकाश घिमिरेले जन्मदिनमा पुण्यको काम गर्ने राम शुभागे सँग धेरैले सामाजिक काममा अग्रसर हुने कुरा सिक्न आवश्यक रहेको बताउदै उनलाई जन्मदिनको शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अथिति तथा विद्यालयका प्रधानाध्यापक राम प्रसाद भण्डारीले ले सबै विधार्थिले जिवनमा यस्तै सेवा भाव बाट प्रेरणा लिदै आफुलाई भविष्य मा यसरि नै सामाजिक कार्यमा लाग्न प्रेरित गर्दै लायन्स लाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

आयोजित कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२३/२४ का अध्यक्ष ओम प्रकाश घिमिरेको अध्यक्षता, प्रथम उपाध्यक्ष नवदत्त्त घिमिरेको स्वागत तथा सचिव राम प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै