

जन्मदिनमा लायन्स दिदीबहिनीले गराए बटुकहरुलाई भोजन ग्रहण





कपिलवस्तु । लायन्स क्लव अफ दिदीबहिनी कपिलवस्तुले संस्थापक अध्यक्ष लक्ष्मी गैरेको जन्मदिनमा गुरुकुलका बटुकहरुलाई भोजन गराएर जन्मदिन मनाएको छ । लायन्स क्लव अफ दिदीबहिनी कपिलवस्तुका संस्थापक अध्यक्ष गैरेको जन्मोत्सव कपिल आरोग्य मन्दिर कपिलधाम स्थित कपिलमुनि वैदिक संस्कृत विद्यापीठ गुरुकुलका बटुकहरुसँग मनाइएको क्लवले जनाएको छ ।
गुरुकुलमा अध्ययनरत बटुकहरुलाई भोजन ग्रहण गराइएको क्लवका अध्यक्ष रिता खनालले बताउनुभयो । जन्मदिनमा फजुल खर्च गरी मनाउनुभन्दा सामाजिक हित र प्रेरणा प्रदान हुने तथा रचनात्मक तवरबाट जन्मदिन मनाउनुपर्ने पनि उहाँले बताउनुभयो । यसरी जन्मदिन मनाउन पाउँदा आफूलाई खुसी लागेको संस्थापक अध्यक्ष गैरेले बताउनुभयो ।
कार्यक्रममा कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्य, लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष रामशुभागे थारु लगाएत लायन्स कपिलवस्तु र लायन्स दिदीबहिनका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लायन्स क्लव आफ कपिलवस्तु दिदीबहिनीका अध्यक्ष रिता खनालले गत चार वर्ष देखि क्लवले सुगर जाँच शिविर, आँखा जाँच शिविर तथा क्यान्सर रोगबाट पिडितहरुलाई आर्थिक सहयोग तथा विद्यार्थीहरुलाई विभिन्न समयमा शैक्षिक सामग्री प्रदान गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रम क्लवका सचिव सरस्वती सोमैको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया