

पहिरोमा पुरिएर एक श्रमिकको मृत्यु



गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३, भाडगाउँमा निर्माणाधीन घरमाथिबाट खसेको पहिरोमा पुरिएर एक श्रमिकको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर प्युठानको गौमुखी गाउँपालिका–३, घर भई तम्घास भाडगाउँमा घर निर्माणको काम गरिरहेका १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् । पहिरोका कारण घरधनी शेरबहादुर बेल्बासे र प्युठान गौमुखीका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया