हिल्बर्टका विद्यार्थीलाई रोबोट्रिक्स वर्कशप संचालन, विद्यालयले पायो ‘आइ.एस.ओ’ चिन्ह

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको हिल्बर्ट इङ्लिस बोर्डिङ स्कूलले अन्तराष्ट्रिय मान्यता प्राप्त आइ.एस.ओ सर्टिफाइड लोगो प्राप्त गरेको छ । बिहिबार विद्यालयको सभाहलमा आयोजना गरिएको विद्यार्थीका लागि तीन दिने रोर्बाेट्रिक्स वर्कशप कार्यक्रममार्फत विद्यालयलाई उक्त लोगो हस्तान्त्रण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खनाललाई आइ.एस.ओ सर्टिफाइड लोगोसहितको प्रमाणपत्र हस्तान्त्रण गर्दै सर्टिफिकेट नेपालका म्यानेजर सुदिप शर्माले आइ.एस.ओ सर्टिफाइड विद्यालय भैसकेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिस्प्रर्धामा हिल्बर्टका विद्यार्थीहरु बिक्न सक्ने बताउनुभयो । उहाँले लोगो प्राप्त गरेको हिलवर्टले सर्टिफाइड हुने गरि अझै थप काम गर्नुपर्ने भन्दै त्यसको लागि विद्यालय परिवार, व्यवस्थापन समिती र स्थानीय तहसँगको आपसी सम्बन्ध प्रभावकारी बनाउँदै अगाडी बढ्नुपर्ने विचार समेत व्यक्त गर्नुभयो ।

विद्यालयले पहिलो चरणमा आइ.एस.ओ सर्टिफाइड लोगो प्रप्त गरेको हो । अब आइ.एस.ओ सर्टिफाइड पूर्णताका लागि विद्यालयले कुल ४२ वटा सुचकहरुका क्रियाकलापलाई अगाडि बढाएको जनाएको छ ।

कार्यक्रममा विद्यालयका संचालक समितिका अध्यक्ष दिपक खनालले वैज्ञानिक विद्यार्थी उत्पादनका लागि हिल्बर्टले अधिक्तम प्रयोगात्मक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागि गराइरहेको र यसमा अभिभावकहरुको समेत साथ मिलिरहेको बताउनुभयो ।

यसैबीच आज देखि विद्यालयले सुरु गरेको तीन दिने रोर्बाेट्रिक्स वर्कशप कार्यक्रममा प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले विश्व बजारमा प्रतिसपर्धा गर्ने खालका विद्यार्थीहरु उत्पादन गर्नु अहिलेको आवश्यक्ता रहेको बताउनु भएको छ । हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ३ दिने रोवोर्टिक्स तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । समाज रुपान्तरणमा विद्यार्थीको घोकन्ते शिक्षा भन्दा व्यवाहारिक शिक्षा महत्वपुर्ण हुने भएकाले प्राविधिक शिक्षा नै समय सापेक्ष शिक्षा रहेको उहाँले औँल्याउनु भएको छ ।

एक फकर प्रसंगमा सासद अधिकारीले व्यवाहारिक पक्ष कमजोर हुँदा अहिले देशभरका शिक्षक आन्दोलनमा उत्रिएको बताउनु भएको छ । संविधान बनाउदा व्यावाहारिक पक्षलाई बेवास्ता गरेकै कारण अहिले यस्तो अवस्था आएको उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बाणगंगा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरीले विद्यार्थीहरुको विदेश पलायनलाई रोक्न तिनै तहको सरकार, शिक्षक र अभिभावक गम्भीर हुनुपर्ने बताउनु भएको छ । अहिले पढ्न र सिप सिक्नु आवश्यक रहेको भन्दै सिकाइको लागि व्यवाहारिक पक्षलाइ विशेष जोड दिनुपर्ने उहाँको तर्क रहेको थियो ।

त्यस्तै शिक्षा विकास तथा समन्व्य इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले आजको आधुनिक बैज्ञानिक युगमा विभिन्न प्रविधिको महत्व रहेको बताउदै यस्ता कार्य हरेक विद्यालयमा गर्न आवस्यक रहेको बताउनु भयो ।

कार्यक्रममा कपिलवस्तु प्याब्सन अध्यक्ष सुन्दर पाण्डेले रोवर्टिक्स र आइ.एस.ओ को कार्यमा विद्यालयलाई सफलताको शुभकामना दिदै बिज्ञान र प्रविधिको युग तर्फ सबै विद्यालयले ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो । साथै उहाँले अन्तरास्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने खालका विद्यार्थी तयार गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

तीन दिन सम्म चल्ने कार्यक्रममा रोवोर्टिक्स सम्बन्धी विद्यार्थीहरुलाई प्रत्यक्ष सहभागि बनाई विभिन्न सिपहरु सिकाइने छ । सिप सिक्नका लागि ६५ जना विद्यार्थिहरु सहभागि रहेका छन् । कार्यक्रममा विद्यालयका अध्यक्ष दिपक खनालको अध्क्षता, शिक्षक रविन्द्र पौडेलको स्वागत मन्तव्य र शिक्षक तेज प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न विद्यालय र संघ सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा विद्यार्थीहरुद्वारा सास्कृतिक गित र नृत्य समेत प्रस्तुत गरिको थियो ।

प्रतिक्रिया

खबर सबै