
संविधान संशोधन गरी सर्वस्विकार्य बनाउनुपर्छ : जसपा कपिलवस्तु

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालले संविधान संशोधन गरी स्विकार्य बनाउनु पर्ने बताएको छ । संविधान दिवसको अवसरमा जसपा कपिलवस्तुले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सबैलाई सर्वमान्य हुने संविधान नबनेको भन्दै सर्व स्विकार्य संविधान बनाउन संविधान संशोधन हुनुपर्ने नेताहरुले बताएका हुन ।
सोही माग सहित जसपा कपिलवस्तुले तौलिहवा मधेस मानव अधिकार गृह(माहुरी होम) को सभा हलमा अन्त्रक्रिया कार्यक्रम गरेको जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा जसपा प्रदेश उपाध्यक्ष अब्दुल रशिद खा, मो. कासिम मुसलमान, मनोज यादव, रिखिराम रैदास लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
जिल्ला सचिव शिवलाल यादवको संचालनमा सम्पन्न कार्यक्रममा जसपाका नेताहरुले संविधानले मधेशका मुद्धाहरुलाई सम्बोधन गर्न नसकेकाले संविधान संशोधन जसपाको मुख्य माग रहेको बताएका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया