

‘संविधान कार्यान्यवन गर्न संघ सरकारले बाधा पु¥याउनु हुँदैन’: मुख्यमन्त्री चौधरी



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीय संरचना अन्तर्गतका ७ वटै प्रदेशबीच विकास र समृद्धिको प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । ७ वटा प्रदेशमध्ये विकासमा कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिष्प्रर्धा गरेरै विकास गर्नुपर्ने उनको तर्क छ ।
दाङको देउखुरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नवौं संविधान दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले संविधानमा भएका अधिकारहरू संघ सरकारले दिनलाई कन्जुस्याइँ गर्न नुहने उनले बताए ।
‘पोखरा भएको सातै प्रदेशका मुख्यमन्त्री बैठकमा पनि प्रदेशको अधिकारबारे कुरा राख्यौं,’ उनले भने, ‘संविधान कार्यान्यवन गर्न संघ सरकारले बाधा पु¥याउनु हुँदैन । अधिकार बाँडफाँड संविधानअनुसार हुनुपर्छ ।’ उनले विकासका काममा लुम्बिनी द्रूत गतिमा अघि बढेको बताए ।
संघीयताप्रति नकारात्मक कुरा उठेकोतर्फ संकेत गर्दै संघीयता फेल भए प्रदेशको होइन, संघीय सरकारकै कारण फेल हुने उनले बताए ।
संविधानमा सबैको भावना समेटिएको भन्दै भाषा, धर्म, जातजाती, संस्कृतिको संरक्षण गर्ने र सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको बताउँदै चौधरीले सरको कार्यान्यवन सहज रुपमा हुन नसकेको बताए ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया