

‘संविधान कार्यान्यवन गर्न संघ सरकारले बाधा पु¥याउनु हुँदैन’: मुख्यमन्त्री चौधरी



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीय संरचना अन्तर्गतका ७ वटै प्रदेशबीच विकास र समृद्धिको प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । ७ वटा प्रदेशमध्ये विकासमा कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिष्प्रर्धा गरेरै विकास गर्नुपर्ने उनको तर्क छ ।
दाङको देउखुरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नवौं संविधान दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले संविधानमा भएका अधिकारहरू संघ सरकारले दिनलाई कन्जुस्याइँ गर्न नुहने उनले बताए ।
‘पोखरा भएको सातै प्रदेशका मुख्यमन्त्री बैठकमा पनि प्रदेशको अधिकारबारे कुरा राख्यौं,’ उनले भने, ‘संविधान कार्यान्यवन गर्न संघ सरकारले बाधा पु¥याउनु हुँदैन । अधिकार बाँडफाँड संविधानअनुसार हुनुपर्छ ।’ उनले विकासका काममा लुम्बिनी द्रूत गतिमा अघि बढेको बताए ।
संघीयताप्रति नकारात्मक कुरा उठेकोतर्फ संकेत गर्दै संघीयता फेल भए प्रदेशको होइन, संघीय सरकारकै कारण फेल हुने उनले बताए ।
संविधानमा सबैको भावना समेटिएको भन्दै भाषा, धर्म, जातजाती, संस्कृतिको संरक्षण गर्ने र सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको बताउँदै चौधरीले सरको कार्यान्यवन सहज रुपमा हुन नसकेको बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया