

संविधान दिवसमा कपिलवस्तुका ८ कैदीले पाए आम माफी





कपिलवस्तु । संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका आठ जना कैदी रिहा भएका छन् । कैद मिनाहा भएका सबै कपिलवस्तुका रहेका छन् । कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज शैनीका अनुसार राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैद मुक्त गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गत आर्थिक वर्षसम्म ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेकोलाई रिहा गर्दै आएको र यस वर्षदेखि ४० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेकोलाई रिहा गरिएको छ ।’’
कैद मुक्त भएका ८ जना मध्ये ४० प्रतिशत कैद भुक्तान गरेका चार जना रहेका छन् । जसमध्ये ३ जना कर्तव्य ज्यान र एक जना सवारी ज्यान मुद्दा कैद जीवन बिताइरहेका थिए । त्यस्तै ५० प्रतिशत कैद भुक्तान गरेका ४ जना रहनु भएको छ । जस मध्ये तीन जना कर्तव्य ज्यान र चारी मुद्धामा एक जना कैद जीवन बिताइ रहेका थिए ।
मुद्दा नकारात्मक सूचीमा नपरेका, असल चाल चलन भएका आधारमा उहाँहरूको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उहाँहरूको कैद मिनाहा गरिएको जेलर शैनीको भनाइ छ ।
कैद मुक्त भएका उनीहरू बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका उहाँले बताउनुभयो । कपिलवस्तु कारागारमा रहेका कुल पाँच सय ३० कैदी बन्दीमध्ये आठ जना कैद मुक्त भए भने बाँकी पाँच सय २८ जना कैदी बन्दी कारागारमा रहेका छन् । कारागारमा स्वदेशी थुनुवा २४७, कैदी २४४, विदेशी थुनुवा १२, कैदी १७ र महिला थुनुवा २ जना रहेका छन् ।
गोरखापत्रमा नारद कोहारले सामाचार लेखेका छन् ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया