

छाप्न बाँकी लाइसेन्सको सङ्ख्या ११ लाख


काठमाडौँ
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि डेढ महिनाभित्र १२ लाख प्रति छपाइ कार्ड ल्याउँदै छ तर अनुमतिपत्रका लागि आवेदन गर्नेको छाप्न बाँकी कार्डको सङ्ख्या अहिल्यै करिब ११ लाख पुगिसकेको छ । कार्ड आउँदासम्म छाप्न बाँकी सङ्ख्या १२ लाख पुग्ने देखिन्छ ।
यस आधारमा ल्याएको कार्ड छाप्न बाँकी रहेको छाप्दा नै सकिन्छ । नयाँ आउनेको समस्या फेरि फेरि दोहोरिने सम्भावना छ । जर्मनीबाट ल्याउन लागिएको १२ लाख प्रति कार्ड पनि छ/छ लाख गरी दुई चरणमा ल्याइने र पहिलो पटक ल्याएको ८५ दिनमा सबै कार्ड आइसक्ने विभागमा प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए तर डेढ महिनामा आउने भनिए पनि कुन दिन कार्ड आउँछ भन्ने कुरामा विभाग आफैँ अनभिज्ञ छ ।
प्रशासनिक व्यवस्थापनको कमजोरीका कारण वर्षौंदेखि लाइसेन्स छपाइको समस्या रहिरहेको यातायात व्यवसायी बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले भने, “लाइसेन्सका विषयमा धेरै राजनीति भएको छ । यो ठुलो विषय पनि होइन, लाइसेन्सको काम प्रदेश सरकारले गर्ने, छाप्ने काम विभागले गर्ने हुँदा पनि समस्या भएको हो । यो प्रशासनिक जटिलताले गर्दा आएको समस्या हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया