

विद्यालय शिक्षा विधेयक मस्यौदा – शिक्षकले यी १२ काम गर्न नपाउने


काठमाडौं :
विद्यालय शिक्षा विधेयकमा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई अत्यन्तै कडाइ गरिएको छ । सरकारको तलब सुविधा खाएर मनपरी क्रियाकलाप गर्ने शिक्षकलाई कारबाही गर्ने गरी कडाइ गरिएको हो । शिक्षकले १२ गल्ती गर्ने नहुने गरी आचरण सुधार्न विधेयकको मस्यौदा प्रस्ताव गरेको छ ।
मस्यौदामा समयपालनदेखि बिदा समाप्त भएको १५ दिनभित्र हाजिर नभए कडा कारबाही गर्नेसम्मको सजाय सिफारिस गरेको छ । विधेयकको दफा ७१ देखि ८८ सम्म सजाय र कारबाहीको बुँदा समावेश गरिएको छ ।
समय पालना नियमितता, अनुशासन र आदेशको पालना गर्नुपर्ने उल्लेख छ । शिक्षकले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले दिएको जिम्मेवारी तथा निर्देशन पालना गर्नुपर्ने र प्रअले विद्यालय व्यवस्थापन समितिको निर्देशन पालना गर्नुपर्ने उल्लेख छ । शिक्षकले राजनीतिक क्रियाकलाप गर्न नहुने, तीनै तहबीचको पारस्परिक सम्बन्ध वा कुनै विदेशी राष्ट्रसँग सम्बन्ध खलल पर्न सक्ने गरी वा जनताबीचको आपसी सम्बन्धमा प्रतिकूल असर पर्ने गरी बेनामी लेख प्रकाशन र प्रशारण गर्न नहुने गरी आचरण व्यवस्था गरेको छ ।
दफा ७५ मा दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने उल्लेख छ । विद्यार्थी र तिनका अभिभावकसँग सापटी वा सहयोग लिन नहुने प्रस्ताव भएको छ । कम्पनी स्थापना वा सञ्चालन तथा व्यापार व्यवसाय सञ्चालन गर्न, अन्यत्र नोकरी वा सेवा गर्न नहुने उल्लेख छ । आर्थिक लाभवा सुविधा प्राप्त गर्ने गरी सल्लाहकार वा विशेषज्ञ हुन नहुने व्यवस्था प्रस्ताव भएको छ ।
प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध तथा बहुविवाह, यौनजन्य दुव्र्यवहार, विद्यार्थीमाथि यातना दिन नहुने उल्लेख छ । सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकले स्थायी अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्न आवेदन दिन नहुने प्रस्ताव भएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया