
संविधानसभाका अध्यक्ष एवम् नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाण्डौ :
प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । तत्कालीन संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो ।
काठमाण्डौको बालुवाटर बस्ने उहाँलाई हृदयघात भएपछि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा पुर्याउँदा उहाँको निधन भइसकेको अस्पतालले जनाएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु शिक्षण अस्पातलमा पुगिसक्नुभएको छ । उहाँ गएको मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो ।
२००९ साल फागुन २८ गते इलाममा जन्मनुभएका नेम्वाङ इलामबाटै २०५६ सालदेखि पाँच पटक विजयी हुनुभएको थियो । २०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख हुनुहुन्थ्यो ।
पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया