

थाइल्याण्डलाई हराउँदै युएईले जित्इो महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि यूएईले जितेको छ । शनिबार भएको फाइनलमा थाइल्यान्ड ६ रनले पराजित भयो । उपाधि विजेता यूएई र उपविजेता थाइल्यान्डले आउँदो वर्ष हुने ग्लोबल टी–२० विश्व कप छनोट खेल्न पाउनेछन् ।
मलेसियाको बायोमासमा जितका लागि ७१ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्यान्ड १७ ओभर ५ बलमा ६४ रनमा अलआउट भयो । थाइल्यान्डका नट्थाकन चान्थमले सर्वाधिक २२ रन बनाइन् । तर जितका लागि पर्याप्त भएन । नान्नापाट खोंचारोएनकाइ १२ रनमा आउट भइन् ।
सन् २०२० मा विश्व कप खेलिसकेका थाइल्यान्डका ९ खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यूएईकी काविषा कुमारी एगोडागे र वैष्णव महेशले समान ३ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन बनाएको थियो । यूएईकी थीर्थ सतिशले सर्वाधिक २३ रन जोडिन् ।
थाइल्यान्डकी ओनिचा खम्चोम्पुले ३ र नट्य बुचथमले २ विकेट लिइन्। हिजो भएको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको थियो ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया