सारक्षरता दिवसमा बाणगंगामा गरियो ‘शिक्षक कविता प्रतियोगिता’

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यालय स्तरको शिक्षकहरुको कविता प्रतियोगिता कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । ५७ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बाणगंगा नगरपालिकाद्वारा आयोजित नगरपालिका स्तरीय शिक्षक कविता प्रतियोगितामा झण्डा माविका शिक्षक खेमराज भट्टराई प्रथम हुनुभएको छ ।

यस्तै प्रतियोगितामा राम आधारभूत विद्यालय बाणगंगा ९ पडरियाका शिक्षक लालमणी अधिकारी द्धितीय, झण्डा माविका शिक्षक शंकर न्यौपाने तृतीय र जनचेतना आधारभूत विद्यालय बनगाईका शिक्षक राधा पाण्डे तृतीय हुनुभएको नगर शिक्षा शाखा प्रमूख खिमबहादुर जिसीले जानकारी दिनुभयो ।

नगरपालिका भित्रका विभिन्न विद्यालयका १८ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथमु द्धितीय, तृतीय र सान्त्वना स्थान ल्याउन सफल शिक्षकहरुलाई पुरस्कृत समेत गरिएको छ ।

प्रतियोगतामा साहित्यकार हरिराज शर्मा, दामोदर पराजुली र पशुपतिमणी त्रिपाठी मुल्याङ्कनकर्ताको रुपमा रहनुभएको थियो । बाणगंगा नगरपालिका नगर उप प्रमूख रिता चौधरीको अध्यक्षतामा आयाजित कार्यक्रममा नगरपालिकका निमित्त प्रमूख प्रशासकीय अधिकृत राजकुमार तिवारी, नगर शिक्षा शाखा प्रमूख खिमबहादुर जिसी, लगाएतको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन इश्वरा अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमूख जिसीले शिक्षकहरुबाट लेखिएका कविताहरु उत्कृष्ट रहेको भन्दै कार्यक्रममा सहभागिता जनाउने विद्यालयहरुलाई धन्यवाद दिनुभयो ।

‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि, साक्षरताको प्रवर्द्धन’ भन्ने मूल नारासँगै शुक्रबार देशभर ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँएको हो । सरकारले २०८०/८१ भित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य लिएर अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया