राष्ट्रिय जनमोर्चा कपिलवस्तुको अध्यक्षमा बेल्वासे निर्वाचित

तौलिहवा । सम्मेलनबाट राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्षमा रामप्रसाद बेल्वासे निर्वाचित भएका छन् । दुई दिन सम्म कपिलवस्तुको तौलिहवामा संचालन भएको राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलनले बेल्वासेको अध्यक्षतामा नयाँ कार्यसमितिको टुङ्गो लगाउँदै आज सकिएको हो ।

बुधबार राजमो केन्द्रीय सल्लाहाकार तथा तराई मधेश जनवादी मोर्चाका कन्द्रीय अध्यक्ष बद्रे आलमले उद्घाटन गरेको सम्मेलनले पार्टीको राजनितिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । सम्मेलनको बन्दसत्रमा जिल्ला अध्यक्ष दधिराम आचार्यद्वारा राजनीतिक प्रतिवेदन तथा सांगठनिक प्रतिवेदन र चेत नारायण खनालद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर केसी, अखिल नेपाल ट्रेड यूनियन महासंघ अन्टुक केन्द्रिय सदस्य केर सिंह अदै, अखिल छैठौंका केन्द्रिय सदस्य रिसभ आचार्यले सम्बोधन गर्नु भएको थियो ।

सम्पन्न सम्मेलनले १७ पूर्ण, ४ वैकल्पिक, ४ सल्लाहाकार गरी २५ सदस्यीय समिति पास गर्दै अध्यक्षमा बेल्वासे सहित उपाध्यक्षमा दल बहादुर कुँवर, दुर्गा पौडेल, सचिब केर सिंह अदै, सह सचिव निर्मला भुसाल, कोषाध्यक्ष केहर सिंह पुन चयन भएका छन् । यस्तै सदस्यहरुमा, नर बहादुर घर्ति, नागराज योगी, नबहादुर नेपाली, ऋषि राम शर्मा, माधव भाट क्षेत्री, डिलाराम भुसाल, लक्ष्मी पोखरेल, त्रिवेणी प्रसाद कुर्मी, नन्दकला पौडेल, राम बहादुर पौडेल, कर्माराज चौधरी, अनन्त कुमार चौधरी रहेका छन् ।

वैकल्पिक सदस्यमा जीवलाल भुसाल, टीकाराम सापकोटा, कुबेर पासी र एक स्थान रिक्त राखिएको छ । सल्लाहाकारमा दधिराम आचार्य, डबल सिंह जिसी, चेत नारायण खनाल, टेकपति सापकोटा, लक्ष्मी भुसाल रहनु भएको छ । राष्ट्रिय जनमोर्चाको प्रथम बैठकले संगठन, सदस्यता वितरण, भेला प्रशिक्षण कार्यक्रम गर्ने गरी विशेष प्रस्ताव पारित गरेको छ ।

सम्मेलनको समापनमा रामप्रसाद बेल्वासेको अध्यक्षतासहित नव निर्वाचित पदाधिकारीहरुलाई राष्टिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष एवम प्रवक्ता दुर्गा पौडेल, छन्दबहादुर केसी लगाएतले शुभकामना दिनुभएको छ भने नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहको प्रशिक्षण समेत रहेको थियो ।

प्रतिक्रिया

खबर सबै