

तीजलाई खर्चिलो र भड्किलो नबनाउन कपिलवस्तु प्रशासनको आग्रह





कपिलवस्तु । नेपालीहरुका मुख्य मुख्य चाडपर्वहरु नजिकीरहेका बेला जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विशेष कार्यक्रमको नाममा तडकभडक र खर्चिलो तरिकाले पर्व नमनाउन आग्रह गरेको छ । विशेष गरी नजिकिएको तीज पर्वको सन्दर्भलाई जोडेर प्रशासनल तीजलाई खर्चिलो बनाइ तडकभडक नगर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एक सूचना जारी गर्दै खर्चिलो तथा भड्किलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लावासीहरूमा अनुरोध गरेका हुन्। यस्ता कार्यक्रमले विभिन्न विकृति विसङ्गति र सामाजिक अपराधलाई प्रोत्साहन दिएको भन्दै सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला–महोत्सव नगर्न पनि निर्देशन दिइएको छ।
सामाजिक अनुशासन कायम गर्न राजनीति दल, नागरिक समाज, पेशागत संघ नागरिक समाज संचारकर्मी, महिला संजाल लगायतका संस्थाहरुलाई सहयोग गर्न अनुरोध समेत गरिएको छ।
पछिल्ला वर्ष तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला तथा भड्किला कार्यक्रम गर्ने परिपाटी मौलाउँदै गएको छ। त्यसले विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको भन्दै प्रशासनले जिल्लावासीलाई सचेत बनाएको हो।
प्रशासन कार्यालयले सूचना विपरीत गरे–गराएमा सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली २०३३ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने/गरिने समेत जनाएको छ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश












प्रतिक्रिया