

नेपाल स्वयंसेवक संघद्धारा विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्नः तस्बिर




नेपाल स्वयंसेवक संघ वाणगंगा वाड नं.९को वाड कमिटीले आज वाणगंगा नगरपालिकाको वाड नं. ९को शुद्धोधन मा.वि.मा वृक्षारोपण र राष्ट्रिय झण्डा लगाउने कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल स्वयंसेवक संघ वाणगंगा–९को वाड कमिटीको आयोजना र मायादेवी साझेदारी वन उपभोक्ता समुह, वैज्ञानिक वन व्यवास्थापन उपभोक्ता महासंघ नेपाल त्यसैगरी बुद्ध दर्शन कृषि महिला सहकारी संस्थाको सहकार्यमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
स्वच्छ वायु, स्वच्छ जीवन तथा मुहान संरक्षणका लागि वृक्षारोपण भन्ने उद्ेश्यले कार्यक्रम सुरुवात भएको नेपाल स्वयंसेवक संघ वाणगंगा वाड नं. ९का अध्यक्ष गोपाल गिरीले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल स्वयंसेवक संघको केन्द्रय अध्यक्ष खेमराज पौडेलले यो अभियान नेपालका ७५३ पालिकाहरूमा एकैपटक सुरूवात भएको बताउदै वृक्षारोपण गरिसकेपछि यस्को संरक्षण गर्नु पनि हाम्रो दायित्व रहेको बताउनु भयो । वडाध्यक्ष कमल पौडेल, जिल्ला आर्थिक संयोजक पवनराज पाण्डे र अन्य वक्ताहरुले राष्ट्रिय झण्डा प्रतिको माया र वृक्षारोपणको महत्वबारे व्याख्या गर्नु भयो ।
वृक्षारोपणमा बेल, अशोका, कपुर , तेजपत्ता, धुपी, राइखनियो, लगाएत विभिन्न जातका विरुवाहरु रोपिएको थियो । गिरीको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी खेमराज पौडेल विशिष्ट अतिथीमा वडाध्यक्ष कमल पौडेल र नेपाल स्वयंसेवक संघको केन्द्रय सदस्य तथा अन्तरास्ट्रिय सम्पर्क समितिको संयोजक हेमन्त भुसालको रहेको थियो भने अतिथीहरुमा जिल्ला आर्थिक संयोजक पवनराज पाण्डे, बाणगंगा नगर कोषाध्यक्ष मनकला गिरी, बाणगंगा कार्यपालिका सदस्य केशरा गुरुङ्ग, वाड सदस्य नुमलाल थारु, विद्यालय प्र.अ. अनिता कडेल, शिक्षक–शिक्षिका, विद्यार्थी लगायत विभिन्न संघ सस्थामा आवद्ध रहेका सामाजिक व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया