

सरकारले जग्गा उपलब्ध गराए महानगर रंगशाला बनाउन पहल गर्छ : बालेन


काठमाण्डौ
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताउनुभएको छ ।
एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल हेर्न श्रीलङ्का पुगेका उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक सय रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रङ्गशाला बनाउन पहल गर्नेछौँ ।’ उहाँले रङ्गशाला बनाउने र केही ठूला खेलहरु आयोजना हुने हो भने खेल विकास हुन सक्ने पनि बताउनुभएको छ ।
हिजो भारतसँगको खेलमा नेपाल १० विकेटले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपाल भारत र पाकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया