

भारतबिरुद्धको खेलमा आसिफले बनाए अर्द्धशतक

काठमाण्डौ । एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालका आसिफ सेखले अर्द्धशतक पूरा गरेका छन् ।उनले ८८ बल खेलेर अर्द्धशतक बनाएका हुन् ।
त्यस्तै नेपालले चार विकेट गुमाएको छ । नेपालका, कुशल मल्ल पाँच बलमा दुई रन बनाएर रवीन्द्र जडेजाको बलमा आउट भए । यस्तै कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका छन् । उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउत भए ।
यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो ।
श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । आजको खेलको बिजेता टोली सुपर फोरमा पुग्नेछ ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया