
कांग्रेसले बनायो प्रदेश सल्लाहकार समिति, कपिलवस्तुका एक दर्जन नेता चयन

कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सल्लाहकार समिति गठन गरेका छन् । जसमा कपिलवस्तु जिल्लाबाट एक दर्जन नेताहरु परेका छन् ।
शनिबार बसेको बैठकले प्रदेशभरबाट १०७ जनालाई सल्लाहकार चयन गरेको हो। यसरी चयन हुनेमा समितिमा हाल संघीय सांसद डा.चन्द्र भण्डारीदेखि लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुरेन्द्र हमाल सम्म रहेका छन्।
पार्टीका पुराना एवम् अहिले सक्रिय पदमा नभएका नेतालाई समावेश गरेर समिति गठन गरिएको नेपाली कांग्रेसले बताएको छ । कपिलवस्तु जिल्लाबाट अतहर कमाल खाँ, दिपकुमार उपाध्याय, कमलेश शर्मा, राजेश आचार्य, सुधाकर पाण्डेय, राजेश शर्मा, राजेश सिँह परेका छन् । यस्तै यहाँबाट मंगलप्रसाद थारु, अभिशेक प्रताप शाह, बिरेन्द कुमार कनोडिया, गुणलक्ष्मी शर्मा ज्ञवाली र निर्मल पराजुली विष्टलाई प्रदेश सल्लाहाकार समितिमा चयन गरिएको नेपाली कांग्रेले जनाएको छ ।
प्रदेश सभापति अमरसिँह पुनले पार्टीमा रहेका पुराना अनुहारलाई साथमा लिन सकेमा पार्टी थप चलायमान हुने बताएका छन । उनले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरू, राज्यका विशिष्ट वडाका पूर्वप्रशासकहरू र विभिन्न विषयका विज्ञहरूलाई जिल्ला तहको सिफारिसका आधारमा मनोनयन गरिएको बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक









प्रतिक्रिया