

सूर्यको अध्ययन गर्न भारतले पठायो ‘आदित्य- एल वन’ यान


काठमाडौं :
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आज आदित्य- एल वन (Aditya L1 Mission) प्रक्षेपण गरेको छ । नेपाली समय अनुसार मध्यान्ह १२ः०५ बजे इसराेले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान प्रक्षेपण गरेको हो ।
भारतको श्रिहरिकोट स्थित शतिश धवन स्पेस सेन्टरबाट उक्त यान प्रक्षेपण गरिएकाे छ । १२५ दिने मिसनमा उडेकाे आदित्य- एल वन पृथ्वीको कक्षमा १६ दिनसम्म रहनेछ । चार महिनाको यात्रापछि उपग्रहलाई सूर्यको परिक्रमा गर्ने कक्षको एलवन विन्दुमा राखिने बताइएकाे छ । यो विन्दु पृथ्वीभन्दा १५ लाख किलोमिटर माथि छ ।
एल वन विन्दुमा रहेको हलो अर्बिटमा राखिने स्याटलाइटले सूर्यलाई प्रत्यक्ष रूपमा देख्न सक्नेछ । र, त्यसबाट सूर्यको अध्ययन गर्न सकिने इसरोले जनाएको छ । विशेषगरी सौर्य गतिविधि र वास्तविक समयमा त्यसले अन्तरिक्ष मौसममा पार्ने प्रभावबारे अध्ययन हुने बताइएको छ ।
प्रक्षेपण भएको दृश्य फेसबुक, युट्युब, इसरोको वेबसाइट र डूडू नेसनल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेकाे छ । वेबसाइटबाट लाइभ हेर्न यहाँ, फेसबुकबाट लाइभ हेर्न यहाँ र युट्युबबाट लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया