

नेपाललाई सहज प्रतिद्वन्द्वीको रूपमा लिएका छैनौँ : पाकिस्तानका कप्तान बाबर


काठमाडौं
पाकिस्तानका कप्तान बाबर आजमले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सहजरूपमा नलिएको बताएका छन् । एसिया कपको उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आजमले क्रिकेटमा कुनै पनि टिम कमजोर नहुने बताए ।
उनले भोलिको खेलमा नेपालविरुद्ध पनि निश्चित रणनीति बनाएको बताए । “क्रिकेटमा कुनै पनि टिमलाई सहजरूपमा लिन सकिँदैन । एक क्रिकेटरको रूपमा कसैलाई पनि सहजरूपमा लिनुहुँदैन भन्ने मैले सिकेको छु । विपक्षी जस्तो भए पनि त्यसका लागि पूरा योजना बनाउन पर्छ, जसरी अन्य टिमविरुद्ध बनाइन्छ । हामीले योजना बनाएका छौँ । उनीहरू (नेपाल) को कुन क्षेत्र बलियो र कुन क्षेत्र कमजोर भन्नेबारे अध्ययन गरेका छौँ र त्यसअनुसारको रणनीति बनाएका छौँ । पहिलो खेल हो र हाम्रो लागि महत्त्वपूर्ण पनि छ । त्यसकारण हामी राम्रो सुरुआत गर्न चाहन्छौँ,” बाबरले भने ।
बाबरले सन् २०१३ मा भएको एसीसी इमर्जिङ कपमा नेपालविरुद्ध खेलेको सम्झँदै नेपाली टिममा राम्रो खेलाडीहरू रहेको बताए ।
“मलाई ठ्याक्कै मिति थाहा छैन । तर पछिल्लोपटक मैले नेपालविरुद्ध पाकिस्तानको यू–२३ टिमबाट खेलेको थिएँ । त्यसकारण अहिलेको टिममा धेरै जसो खेलाडी त्यसबेलाकै थिए भन्ने लागेको छ । उनीहरूसँग राम्रा खेलाडीहरू छन् । त्यसकारण हामी कहिल्यै उनीहरू (नेपाल) लाई सहजरूपमा लिँदैनौँ । हामी उनीहरूविरुद्ध बेस्ट क्रिकेट खेल्न चाहन्छौँ,” बाबरले थपे ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया