

चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ रहेको सङ्केत भेटिएको इसरोको दाबी


काठमाण्डौ
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ रहेको सङ्केत चन्द्रयान–३ को रोभरले फेला पारेको जनाएको छ ।
गएको बुधवार अर्थात् अगष्ट २३ तारिखमा चन्द्रमाको अनुसन्धानका लागि दक्षिणी ध्रुवमा चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो ।
चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस) उपकरणले पत्ता लगाएको इसरोले जनाएको छ ।
रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुव नजिकै चन्द्रमाको सतहमा सल्फर (एस) को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको इसरोलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
हाइड्रोजनको खोजी जारी नै रहेको इसरोले एक्स अर्थात् ट्वीटर पोस्टमा उल्लेख गरेको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया