

कपिलवस्तुमा खोलाले बगाएर एक बृद्धको मृत्यु





कपिलवस्तु । कपिलवस्तुमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका –१ चफेलाका ६४ वर्षीय नुमलाल गैरे रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताउनुभयो ।
गुडरुङ खोला आसपासमा भैसी चराउन गएका बेला बाढीले उहाँलाई बगाएको प्रहरीले जनाएको छ । भैँसी चराउँदै गर्दा बाढी आउन लागेपछि खोलापारी रहेको भैँसी फर्काउन जानेक्रममा सोमबार दिउसो ३ बजे खोलाले बगाएको थियो ।
नेपाल प्रहरी र स्थानीयले खोजतलासको क्रममा मंगलबार बिहान वडा ३ रनगाईमा शव फेला परेको थियो । मृतकको शवको पोष्टमार्टम गरी परिवारका सदस्यलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया