

नेपाललाई उपनिवेश बनाउन एमसीसी लिएर अमेरिका नेपाल प्रवेश गर्न खोज्यो : नेत्रविक्रम चन्द



बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाललाई उपनिवेश बनाउन अमेरिका एमसीसीको माध्यमबाट नेपाल आउन लागेको दाबी गरेका छन् । उनले अमेरिकीहरु गिद्धको रुपमा नेपाल छिर्ने प्रयासमा रहेको टिप्पणी गरेका छन् ।
मंगलबार रुपन्देहीको बुटवलमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव चन्दले समाजवादी मोर्चाको उद्देश्य विदेशी साम्राज्यवादका विरुद्धमा लड्दै मुलुकलाई समाजवादतर्फ लैजाने र भ्रष्टाचारमुक्त नेपालको कल्पना भएको बताए ।
उनले अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने षड्यन्त्र गरिरहेकाले त्यसविरुद्ध लड्ने घोषणा गरेका छन् । ‘भोलिका दिनमा यहाँ केही गिद्धहरु ओर्लँदैछन् । अमेरिका एमसीसीका नाममा सहयोग गर्न आउँछ भने स्वागत छ,’ उनले भने, ‘५ अर्ब होइन ५० खर्ब पनि लिन्छौं तर, उपनिवेश बनाउने उद्देश्यका साथ, नेपालका नियम कानुन मिच्दै आउँछ भने हामी त्यसको विरोध गर्छौं, लड्न पनि तयार छौं ।’
उनले एमसीसी र बीआरआईले निस्वार्थ सहयोग गर्दा कुनै आपत्ति नहुने भन्दै त्यस्तो सहयोगमा सहकार्य गर्न पनि आफूहरू तयार रहेको बताए । ‘तर सहयोगका नाममा नेपालको स्रोत साधनको दोहन र अपहरण गर्न पाउँदैनन्, उनले बताए ।
यसैबीच अहिले देश बर्बाद भयो भनेर परिवर्तनविरोधी शक्तिले हौवा पिटे पनि देश बर्बाद नहुने नेता चन्दले चेतावनी दिएका थिए । परिवर्तन हुने बेलामा केही कठिनाइ देखिए पनि यसको सफल अवतरण हुने उनको भनाइ थियो । प्रधानमन्त्री र माओवादीलाई अपराधीको रूपमा चित्रण गरेर दलाल पुँजीपतिहरुले आफ्नो स्वार्थपूर्ति गर्न लागेको भन्दै उनले त्यस्तो स्वार्थ कदापि पूरा गर्न नदिने पनि बताएका थिए ।
चन्दले माओवादी आन्दोलनलाई अपराधिकण गर्न खोज्ने जोकोहीको लक्ष्य सफल हुन नदिने पनि बताएका थिए । ुअहिले हामी फरक पार्टीमा छौं । तर माओवादी युद्ध परिवर्तनको यात्रमा सँगै थियौं । यसले माओवादी आन्दोलन र परिवर्तनविरोधीमाथि हामी पनि जाइलाग्छौं,ु चन्दले भने ।
यस्तै समाजवादी मोर्चामा मिसिँदा र प्रधानमन्त्री दाहाललाई सघाउँदा कतिपयले आफ्नो खिसिट्युरी गरेको भन्दै उनले परिवर्तनका लागि हिजो सँगै गरिएको लडाइँलाई संस्थागत गर्नु आफ्नो कर्तव्य भएको बताए । यद्यपि उनले आफूलाई अहिले सत्ता, सरकार र पद केही नचाहिएको पनि बताएका थिए । बरु विभेद, अन्याय र अत्याचार, हिंसा, भ्रष्टाचार र विदेशी चलखेलविरुद्ध लडेर नागरिकलाई वास्तविक उनमुक्ति दिन मन लागेको बताएका थिए ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया