

खुला दिशामुक्त घोषणा भएको पालिकामा जनप्रतिनिधिकै घर शौचालय विहिन





कपिलवस्तु । गाउँपालिका खुला दिशामुक्त घोषणा भईसके पनि कपिलवस्तुको विजयनगर गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरु कै घर शौचालय विहिन रहेको पाइएको छ । गाउँपालिकामा कार्यरत विद्यालयका प्रधानाध्यापकहरु, वडा अध्यक्षहरुसहितका घरमा शौचालय छैन । केही दिन अघि गाउँपालिका कै खानेपानी तथा सरसफाई कार्यक्रमका टोलीले अनुगमनका क्रममा सो तथ्य फेला परेको हो।
विजयनगर गाउँपालिकालाई २०७५ जेठ २४ गते खुला दिशामुक्त पालिका घोषणा गरिएको थियो। तर हाल सम्म पनि प्रअ देखि जनप्रतिनिधिहरुको घरमा भने शौचालय छैन। उनीहरु खुला ठाउँमा शौच गर्दै आएका छन्। खानेपानी तथा सरसफाई कार्यक्रमका संयोजक अर्जुन बेल्बासेले गाउँपालिकाभित्र रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुकै घरमा शौचालय निर्माण र प्रयोग नभएको पाइएको बताए।
‘गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष इन्नर थारुको घरमा शौचालय छैन। वडा नम्बर ७ बडसुडका जनज्योति आधारभूत विद्यालय मानपुर–ढोढरीका प्रधानाध्यापक सगराम बढईले शौचालयको रिङ मात्र बनाएको भेटिएको छ।
वडा नम्बर १ गुगौली घर भई गाउँपालिकाको जिन्सी शाखामा कार्यरत इलेक्ट्रिसियन संगम खटिक, वडा नम्बर १ गुगौलीकै गाउँपालिका–६ बद्धौर आधारभूत स्वास्थ्य चौकीका कार्यालय सहयोगी राजेश कोरीले पनि घरमा शौचालय निर्माण गरेका छैनन्।’ बेल्वासेले भने।
उनका अनुसार वडा नम्बर २ महुवादुधारका वडा सदस्य सोमई केवट, वडा नम्बर २ पडरियाका पशु विकास शाखाका कार्यालय सहयोगी हेमराज तेली खुला ठाउँमा शौच गर्ने गरेका छन्। वडा नम्बर २ बगहियाका गुगौली स्वास्थ्य चौकी कार्यालय सहयोगी त्रिभुवन भरले शौचालय निर्माण गरेको तर ढोका नलगाइएको फोहोर अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ।
शौचालय नभएका जन–प्रतिनिधि, कर्मचारी र शिक्षकहरुको गाउँपालिकाद्वारा प्रदान गर्ने सेवा सुविधा रोक्का गर्न गाउँपालिकालाई सिफारिस गरिएको बेल्बासले बताए।गाउँपालिका खानेपानी तथा सरसफाई कार्यविधि २०८० अन्तर्गत शौचालय निर्माण नगरेका कर्मचारी र जनप्रतिनिधिहरुको सेवा सुविधा रोक्का गरेर कारबाही गर्न सिफारिस गरिएको उनको भनाइ छ।
कार्यविधि २०८० का अनुसार अनुगमन गर्दा एक पटकमा ५ सयदेखि ५ हजार रुपियाँसम्म जरिवानासमेत रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार बिजयनगरमा ४५ प्रतिशतले मात्र शौचालय निर्माण गरेको तथ्याङ्क छ ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश













प्रतिक्रिया