
चन्द्रयान-३ को लागत ‘आदिपुरुष’ चलचित्र भन्दा पनि कम

काठमाडौं
भारतले बुधबार आफ्नो चन्द्रयान-३ अन्तरिक्ष यानलाई चन्द्रमामा सफलतापूर्वक अवतरण गरेर इतिहास रच्यो । अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै छोएर भारत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको छ भने दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलाे देश बनेकाे छ ।
चन्द्रमाको दक्षिणी ध्रुव निकै कठिन र अँध्याराे भाग भएकाले चन्द्रयान-३ मिसनका लागि ठूलो चुनौती थियो । तर, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले यी चुनौतीहरूलाई पार गर्दै अन्तरिक्ष यानलाई बुधबार साँझ नेपाली समयअनुसार ६ः१८ मा सफलतापूर्वक अवतरण गराएकाे छ ।
योसँगै भारतको अन्तरिक्ष कार्यक्रमको लागि चन्द्रयान-३ मिसन अहिलेसम्मकै ठूलो उपलब्धि बनेको छ । यो अन्तरिक्ष शक्तिको रूपमा भारतको बढ्दो प्रतिष्ठाको लागि पनि ठूलो सफलता हो । तर यो मिसनको लागत भने निकै कम भएको रिपोर्टहरूले उल्लेख गरेका छन् ।
चन्द्रयानका लागि भारतले ६१५ करोड भारु अर्थात् १० अर्ब नेपाली रुपैयाँ (७५ मिलियन डलर) खर्च गरेको छ । यो पछिल्लो समय प्रदर्शनमा आएको भारतीय चलचित्र आदिपुरुषभन्दा पनि सस्तो लागत हो । आदिपुरुषका लागि ७०० करोड भारु खर्च भएको अनुमान छ ।
यतिमात्रै होइन, चन्द्रयान-३ हलिउडका पछिल्ला ब्लकबस्टर चलचित्रहरू ओप्पेन्हेइमेर र बार्बीको निर्माण खर्चभन्दा पनि सस्तो परियोजना बनेकाे छ । ओप्पेन्हेइमरका लागि यसको निर्माण टोलीले करिब १०० मिलियन डलर र बार्बीका लागि करिब १४५ मिलियन डलर खर्च गरेका थिए ।
इसरोको इन्जिनियरिङ कौशल र लागत बचत उपायहरूको प्रमाण स्वरुप थोरै लागतमा चन्द्रयान-३ सफल भएको हो । याे मिसन भारतको अन्तरिक्ष कार्यक्रममा एउटा प्रमुख काेशेढुंगा बनेकाे छ ।
यो परियोजनाको मुख्य उद्देश्य नै चन्द्रमामा पानीको बरफको फेला पार्नु हो । जसले निकट भविष्यमा मानवका लागि चन्द्रमा उचित वासस्थान हुन्छ वा हुँदैन भन्ने निश्चित गर्नेछ । चन्द्रमाको दक्षिण ध्रुव सधैं अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफ हुने सम्भावना उच्च भएको अनुमान गरिएकाे छ ।
चन्द्रयान-३ सफल भएसँगै अब मानवयुक्त मिसनसहित चन्द्रमामा भविष्यका मिसनहरूको लागि मार्ग प्रशस्त गरेकाे इसराेका वैज्ञानिकहरूले बताएका छन् ।
स्रोत : टेकपानाबाट साभार गरिएको हो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया