

कपिलवस्तुका अभयको जोडिले जिते दक्षिण एशियाली ब्याडमिन्टनमा रजत


कपिलवस्तु । कपिलवस्तुका ब्याडमिन्टन खेलाडी अभय महराको जोडीले दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु–१७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेको छ । सशस्त्र प्रहरी बलको हलचोक स्थित कबर्डहलमा मंगलबार सम्पन्न फाईनल खेलमा नेपालका खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदक प्राप्त गरेका हुन ।
ब्याडमिन्टन एशियाको आयोजना र नेपाल ब्याडमिन्टन संघको व्यवस्थापनमा सम्पन्न ५ दिवसीय प्रतियोगितामा नेपाल सहित दक्षिण एशियाका ६ देशका खेलाडीबीच प्रतिष्पर्धा भएको थियो । फाईनल खेलमा अभय र कविरको जोडीलाई बङ्गलादेशका खेलाडीहरु रजोन मिया र एसएसएम सिफातुल्लाहको जोडीले २१–११ र २१–११ को सोझो सेटमा हराउँदा उनीहरु उपबिजेता बनेका हुन् । यसअघि सेमिफाइनलमा अभय र कविरको जोडीले माल्दिभ्सका अजहर मोहम्मद अयुव र युसुफ मुनाधि माथलुबलाईको डबल्स जोडीलाई २१–९ र २१–७ को सोझो सेटमा हराउँदै फाईनल प्रवेश गरेका थिए ।
प्रतियोगिताका बिजेतालाई ब्याडमिन्टन एशियाका डेभलपमेन्ट चेयर वाजिद अलि चौधरी,सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम र ब्याडमिन्टन संघका कार्यवाहक अध्यक्ष रामजी बहादुर श्रेष्ठले पुरस्कृत गरेका थिए ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया