

नागपञ्चमीका अवसरमा कपिलवस्तुका ७ पालिकामा सोमबार विदा



कपिलवस्तु । सोमबार आर्थत भोलि भदौ ४ गते नागपञ्चमीको अवसरमा कपिलवस्तुका अधिकाशं पालिकाले बिदा दिएका छन् । कपिलवस्तुका ७ पालिकाले नाग पञ्चमीको दिन सार्वजनिक विदा दिएका हुन ।
जिल्लाको बाणगंगा नगरपालिकासहित यहाँका कपिलवस्तु, शिवराज र महाराजगंज नगरपालिका र मायादेवी, शुद्धोधन र यशोधरा गाँउपालिकाले विदा दिएका छन् । पालिकाहरुले सुचना जारी गरि बिदाको जानकारी दिएका हुन । जिल्लाको बाणगंगा नगरपालिकाले साउन २३ गते बसेको कार्यपालिका बैठकबाटै भदौ ४ गते स्थानीय बिदा दिने गरी निर्णय गरेको थियो । सोही निर्णय अनुसार पालिका मातहतका सबै कार्यालयमा बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
विदाका दिन अति आवश्यक सेवा बाहेक पालिका मतहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सबै बन्द रहने पालिकाले जनाएका छन् ।
बुद्धभूमि र कृष्णनगर नगरपालिका तथा विजयनगर गाउँपालिकाले यो समाचार तयार पार्दासम्म विदा दिएको सुचना प्राप्त भएको छैन् ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया