

नागपञ्चमीका अवसरमा कपिलवस्तुका ७ पालिकामा सोमबार विदा





कपिलवस्तु । सोमबार आर्थत भोलि भदौ ४ गते नागपञ्चमीको अवसरमा कपिलवस्तुका अधिकाशं पालिकाले बिदा दिएका छन् । कपिलवस्तुका ७ पालिकाले नाग पञ्चमीको दिन सार्वजनिक विदा दिएका हुन ।
जिल्लाको बाणगंगा नगरपालिकासहित यहाँका कपिलवस्तु, शिवराज र महाराजगंज नगरपालिका र मायादेवी, शुद्धोधन र यशोधरा गाँउपालिकाले विदा दिएका छन् । पालिकाहरुले सुचना जारी गरि बिदाको जानकारी दिएका हुन । जिल्लाको बाणगंगा नगरपालिकाले साउन २३ गते बसेको कार्यपालिका बैठकबाटै भदौ ४ गते स्थानीय बिदा दिने गरी निर्णय गरेको थियो । सोही निर्णय अनुसार पालिका मातहतका सबै कार्यालयमा बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
विदाका दिन अति आवश्यक सेवा बाहेक पालिका मतहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सबै बन्द रहने पालिकाले जनाएका छन् ।
बुद्धभूमि र कृष्णनगर नगरपालिका तथा विजयनगर गाउँपालिकाले यो समाचार तयार पार्दासम्म विदा दिएको सुचना प्राप्त भएको छैन् ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया