

शुद्धोधन गाउँपालिकाले छुट्टायो, छाडा चौपया ब्यवस्थापन गर्न ३५ लाख बढी बजेट





ईसाझाकुरा / कपिलवस्तु
कपिलवस्तु जिल्लामा अहिले ठुलो समस्याका रुपमा रहेको छाडा पशु चौपाय व्यवस्थापनका लागि प्रभावकारी कदम नभइरहेका बेला जिल्लाको शुद्धोधन गाउँपालिकाले ३५ लाख बढी बजेट विनियोजन गरेको छ । केही दिन अघि सम्पन्न गाउँपालिकाको ८ औँ गाउँसभामा पेस गरिएको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शुद्धोधन गाउँपालिकाले छाडा चौपाय व्यवस्थापनका लागि ३५ लाख ५० हजार बजेट विनियोजन गरेको हो ।
८ औँ गाउँसभा मार्फत छुट्टा–छुट्टै ३ शीर्षकमा गरी ३५ लाख ५० हजार बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष कमलेशण चौधरीले बताउनुभयो । जिल्ला समन्वय समितिको अगुवाईमा हुने छाडा चौपाया ब्यवस्थापनमा २० लाख, गाउपालिकको वडा नम्बर १ देखि ६ सम्मका लागि छाडा चौपाया ब्यवस्थापनमा १५ लाख र माधव कामधेनु गौशाला कपिलवस्तुका लागि ५० हजार बजेट बिनियोजन गरिएको गाउपालिका प्रमुख चौधरीले बताउनुभयो । चुनौतीकारुपमा देखा परेको छाडा चौपया ब्यवस्थापनमा आफनो पालिका गंभीर रहेको उहाँको भनाई छ ।
उहाँले जिल्लाभरीका सबै पालिका मिलेर तथा आफनै पालिकोको प्रयासमा समेत छाडा चौपाया ब्यवस्थापन गरिने बताउनुभयो । अहिले कपिलवस्तुमा छाडा चौपायका कारण ठूलो जोखिम बढेको छ भने नारिकहरु सास्ती खेपिरहेका छन् । अर्काेतर्फ राजमार्ग देखि जिल्लाका अन्य मुख्य सडकहरुमा समेत चौपायका कारण दुर्घटना जोखिम बढेको छ भने कतिपय अवस्थामा दुर्घटना हुँदा मानिसको ज्यान जानुका साथै अंगभंग समेत हुनुपरेको छ ।
किसानले लगाएका बालीनाली सखाप भएका छन् भने जिल्लाका किसानहरु चौपाय धपाउन रातभर जाग्राम समेत बस्ने गरेका छन् । यस अघिका वर्षहरुमा पालिकाहरुले अस्थायी रुपमा चौपाय व्यवस्थापनका प्रयास गरेका भए पनि स्थायी उपायको खेजी नहुँदा वर्षेनी कपिलवस्तुमा छाडा पशु चौपाय व्यवस्थापन चुनौतिको रुपमा रहि आएको छ ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया