

खाल्डै खाल्डाले ध्वस्त भएको बाणगंगाको सडक, कहिले हुन्छ मर्मत ?





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ को मुख्य सडक समयमै स्तरोन्नती नहुँदा खण्डहर बनेको छ । पुर्व पश्चिम राजमार्गको घेरवा बनगाइ–भलवाड–डोहोटे सडक खण्डको मोतिपुर क्षेत्रमा अहिले सडकको दुरावस्था छ ।
अहिले वर्षायामको बेला यो सडक भएर यात्रा गर्नेहरु सडकमा रहेका स–साना देखि ठूला ठूला पोखरी बनेका खाडल तर्काउँदा सास्ति खेप्छन् । बाणगंगा नगरपालिकाको वडा नम्बर ७ र ९ को वडा कार्यालयसँग जोड्ने मुख्य सडक भए पनि यो सडकको स्तरोन्नती गर्न चासो देखाएका छैनन् ।
यता बाणगंगा नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका भत्किएका र स्तरोन्नती गर्नका लागि भन्दै २० लाख रुपैँया बजेट नगर कार्यपालिकाबाट स्विकृत गरेको छ । तर वर्षायामका बेला बिग्रीएर यात्रामै कष्टकर र जोखिमयुक्त भएको यो सडकको मर्मतमा नगरपालिकाले चासो नदिएको स्थानीयको गुनासो छ ।
बाणगंगा नगरपारपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीका अनुसार गत मंगलबार बसको कार्यपालिका बैठकले सडक मर्मत सम्भारका लागि बजेट स्विकृत गरेको छ । मोतिपुर खण्डको सडक मर्मतका लागि १५ दिने टेण्डरको सूचना जारी गरिएको भन्दै अबको दुई हप्ता भित्र सडकका सबै खाडल पुरीने वडा अध्यक्ष गिरीले बताए । उनका अनुसार वडा नम्बर ७ को उक्त सडक मर्मतका लागि करिब १ लाख ५० हजार बजेट प्राप्त हुने र सोही बजेटबाट सडक मर्मत गरिने बताए । यो सडकको मर्मत सम्भारको काम प्रदेश सरकारले गर्नुपर्ने भए पनि स्थानीयको कष्टपुर्ण यात्रालाई सहज बनाउन वडा र नगरबाटै मर्मतका काम अहिले सम्म भइरहेको दाबी पनि गरेका छन् ।
वडाले उपभोक्ता समिति बनाउने र गठित समितिले वडा भित्रका सडकको मर्मत सम्भार गर्ने गरी तयारी गरिएको नगर प्रवक्ता विष्णु पौडेलले बताए । उनले नगरको बजेट बाँडफाँडको सिलिङ सूत्र अनुसार सबै वडाले २० लाखबाट बजेट पाउने र सोही बजेटबाट सडक मर्मतको तयारी गरिएको जानकारी दिएका छन् । सरदरमा एउटा वडाले १ लाख ५० हजार बराबरको रकम पाउने बताइएको छ ।
बाणगंगामा नगर स्तरीय अन्य सडकहरु समेत मर्मत तथा स्तरोन्नती गर्नुपर्ने अवस्थामा पुगेका छन् । कमजोर गुणस्तरमा निर्माण हुने सडक राम्रोसँग एक वर्ष पनि नटिक्दा नगरपालिकाले हरेक वर्ष लाखौँ रुपैँया बजेट सडक मर्मतका नाममा छुट्टाउने गरेको छ ।
अहिले बाणगंगाको वडा नम्बर ७ को यो सडकको बनगाई देखि कपिलधाम सम्मको ठाउँठाउँमा पानी जमेका खाडलले जोखिमको यात्रा गर्नुपर्ने बाध्यता छ । २०७४ सालमा सालमा मोतिपुर देखि कपिलधामसम्म भएको कालोपत्रे ६ वर्ष मै ग्राभिलमा परिणत भएको छ । भएको कालोपत्रे माथि पनि गत वर्ष ग्राभेल गर्दा यो सडक थप कष्टकर बनेको छ । ठाउँ ठाउँमा परेका खाडल तर्काउँदा अटो रिक्सा, मोटरसाइकल र साइकल यात्रीहरु यात्रा गर्न बाध्य छन भने ठूला चारपाङ्ग्रे साधन पनि कष्टपुर्ण यात्रा गर्छन् ।
बाणगंगा नगरपालिकाका अन्य वडामा लगभग सबैजसो सडक अहिले कालोत्र भएका छन् । सबै वडा कार्यालय सम्म जोड्ने सडक पूर्ण कालोपत्रे हुँदा सम्म पनि वडा नम्बर ७ र ९ लाई जोड्ने यो सडक अधुरै छ । वडा नम्बर ९ सँग जोड्ने कोइली खोला (क) मा हाल मोटरेवल पुल बनेको भए पनि कोइली (ख) मा कजवे कै भर पर्नुपर्ने बाध्यता छ । कपिलधाम देखि वडा नम्बर ९ सम्मको सडक कालोपत्रे भए पनि करिब तीन किलोमिटर बनगाइ सम्मको सडक अधुरै रहँदा यहाँको सडक विकासमा समेत यही सडकले गिज्याइरहेको छ ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश













प्रतिक्रिया